धौलागिरी टेलिभिजनका पौडेललाई बिन्ध्यवासिनी गीत–संगीत पत्रकारिता सम्मान !

बागलुङ, २०७५ असोज २८ । बिन्ध्यवासिनी फाउण्डेशनले धौलागिरि टेलिभिजनका प्रबन्ध निर्देशक प्रकाश पौडेललाई बिन्ध्यवासिनी गीत–संगीत पत्रकारिता सम्मान २०७५ प्रदान गरेको छ । फाउण्डेशनले हरेक बर्ष वितरण गर्ने विभिन्न बिधाका पुरस्कार अन्तर्गत पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

गीतको सम्मान, संगीतको सम्मान र श्रष्ठा सम्मान गर्ने उद्देश्यका साथ बिगत ८ बर्ष यता फाउण्डेशनले बिन्ध्यवासिनी सम्मान एवं संगीत साँझको आयोजना गर्दै आएको छ ।

बिगत १५ बर्ष देखि पत्रकारिता क्षेत्र मार्फत गित संगितको जगेर्ना गर्न पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष लिना शर्मा रेग्मीको भनाई थियो । पौडेल विगत १५ बर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् । बि.स २०६० मा म्याग्दी जिल्ला स्थित रुप्से साप्ताहिकबाट पत्रकारिता क्षेत्रलाई अंगालेका पौडेल धौलागिरि एफएम, म्याग्दीकाली एफएम हुदैँ धौलागिरि टेलिभिजनमा कार्यरत रहेका छन् ।

धौलागिरि टेलिभिजनमा राजनीतिक बहस देखि गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार प्रसार, सामाजिक संस्कृति, भेषभुषा सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएका छन् । झण्डै डेढ दर्जन भन्दा बढी गीतमा पौडेलका शब्द, लय तथा सिर्जनाहरु समेटिएका छन् । पुरस्कार ग्रहण पछि उनले यस पुरस्कारले आगामी दिनमा पत्रकारिता क्षेत्रमा काम गर्ने थप हौसला प्रदान गरेको ईबागलुङसंग बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *