बानपाको शुभकामना आदानप्रदान : चुहावट र भ्रष्टाचार रोक्न सके मुलुक स्वत: सम्मृद्ध बन्छ-तिमिल्सिना

कोपिला कंडेल, बागलुङ २०७५ असोज २८ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकलाई सम्मृद्ध बनाउनका लागि हिमाल देखी तराई सम्मका साधन श्रोतको अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् । बागलुङ नगरपालिकाले आईतवार वीरेन्द्र ऐश्वर्य उद्यानमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले मुलुकमा चुहावट र भ्रष्टाचार रोक्न सके मुलुक स्वत सम्मृद्ध बन्ने दाबी गरे । जनताको लामो कसरत र संघर्ष बाट संबिधानको उदय भएको भन्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले संविधानको सफल कार्यान्वयनका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय संघिय संसद बाट १६ वटा कानुन निर्माण गरेका छौ, अध्यक्ष तिमिल्सीनाले भन, कागजमा लेखिएका अधिकारलाई कार्यान्वयन गर्नका लागि सबै जिम्मेवार बन्न आवश्यक छ । उनले समृद्ध नेपाल, सुखी नेपाली बनाउन सवै क्षेत्र उत्पादनमुखी कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले कोरला नाका, वागलुङ् घोडावाँधे सडक पिच, वागलुङ(पाङ् झोलुङ्ग्गे पुल, वलेवा एयरपोर्टसम्म सडक पिचको काम अघि बढीसकेको र छोटो समयमा नै सम्पन्न हुने दाबी गरे । उनंले हुनेखाने र हुँदाखाने बिचको बिभेद अन्त्य हुनुपर्ने भन्दै उनले दशै पर्वलाई मेलमिलापको पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी नगर प्रमुख जनकराज पौडेलले नगरको बिकास र सम्मृद्धिका लागि सबै संग सहकार्य समन्वय गरेर अगाडी बढ्ने बताउदै दशै पर्वलाई सबैले सहज र सरल रुपले मनाउनुपर्नेमा जोड दिए । कार्यक्रम नगरप्रमुख पौडेलको अध्यक्षता उपप्रमुख सुरेन्द्र खड्काको स्वागत मन्तब्य र प्रमुख प्रशासकय अधिकृत भिम बहादुर कुवरको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *