यसरी मनाईयो बुर्तिवाङ बजारमा १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस : एक झलक !

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७३ फागुन २५ । ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मुलनाराका साथ आज १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै बागलुङ पश्चिमका विभिन्न स्थानहरुमा मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रि«य श्रमिक महिला दिवस मनाउने गरिन्छ । यसै सन्दर्भमा बुर्तिबाङमा पनि आज नारी शक्ति बुर्तिबाङको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो ।

नारी शक्ति बुर्तिबाङको आयोजनामा बुर्तिबाङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटनपछी बोल्दै प्रमुख अतिथि पाण्डेले, विकटमा रहेका महिलाहरुलाई आफ्ना हक अधिकारको ज्ञान र समस्यामा परेका वेला सचेत तप्काबाट सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले, महिलाका समस्यालाई स्वयं महिलाहरुले नै अझ बढी बुझ्न सक्ने भएकाले यहाँका अगुवा महिलाहरुले उनीहरुबीच पुगेर समस्या समाधानमा लाग्न आग्रह समेत गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङ, जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्र, महिला तथा वालवालिका कार्यालयका अधिकृत सीता अधिकारी लगायतले बोलेका थिए ।

उनीहरुले समेत सबै सचेत नागरिकले महिलाका समस्यालाइृ बुझेर गाउँ घर तथा दुर दराज र घर परिवारमा हुने गरेका महिला हिंशाका घटनामा आफै सचेत भई त्यस्ता घटनाहरु हुन नदिन अगुवा भएर लाग्नु सबैको दायित्व भएको बताएका छन् ।

कार्यक्रमकै अवसरमा यहाँ स्थित विभिन्न सामाजिक गतिविधिका संलग्न भएका १० जना अग्रज महिलहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रमका नारी शक्ति बुर्तिबाङकी अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी सदस्य लिलमायाँ पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा र कृष्ण कुमारी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । कलाकारहरु बैकुण्ठ महत, सिलु भट्टराई, सितल शर्मा, लगायतको सास्कृतिक प्रस्तु्ति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.