आजको तस्बीर : बागलुङ बजारमा ट्राफिक सचेतना !

बागलुङ २०७५ असोज २७ । लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा शनिवार बागलुङ बजारमा ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । सर्वसाधारणहरुलाई सडकको प्रयोग सम्बन्धि जनचेतना मुलक कार्यक्रमले सडकमा हिँड्ने यात्रुहरुलाई ट्राफिक सम्वन्धी राम्रो जानकारी मिलेको विश्वास गरिएको अध्यष अनुप रिजालले ईबागलुङलाई बताए ।

बढदो सवारी साधनहरुको प्रयोग र ट्राफिक नियम पालना नगर्ने प्रबृत्तिको कारण सवारी दुर्घटना बढिरहेको परिप्रेक्षमा सवारी सचेतनामुलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग र सवारी नियमबारे जानकारी हुने यात्रुहरुले बताएका छन् ।

उनिहरुले देखावटीकालागी मात्र यस कार्यक्रमहरु नगरी कम्तीमा साप्ताहिकरुपमा ट्राफिक सचेतनामूलक अभियान सन्चालनमा ल्याउनेतिर आयोजक संस्थाले विचार गर्नुपर्ने आग्रह गरेका छन् ।

ट्राफिक सचेतनामुलक कार्यक्रमको अध्यक्षता अध्यक्ष अनुप रिजालको रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथी प्रहरी निरीक्षक गुपेन्द्र बहादुर खड्का लगायत ट्राफिक चिफ सुकबहादुर बिक, लायन्स डिस्ट्रिक ३२५ बी १ नेपालका जोन चेयरपर्सन एम।जे।एफ लायन दुर्गा कुँवरको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत भाषण सेकेन्ड भि।पि लायन श्यामप्रसाद शर्मा र कार्यक्रम संचालन( सस्थाका सचीव लायन नारायण प्रसाद आचार्यको रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *