सांसद पौडेलव्दारा रिघास्थित सरस्वती प्राथमिक विद्यालय भवनको शिलान्यास !

मित्र खरेल, गल्कोट २०७५ असोज २७ । प्रतिनिधी सभा सदस्य एवं नेकपाका नेता देबेन्द्र पौडेलले गल्कोट नगरपालिका ११ रिघा स्थित सरस्वती प्राथमिक विद्यालयको भवनको शिलान्यास गरेका छन् । बालबालिकाहरु शिक्षा आर्जनबाट वन्चित नहुन भन्ने उद्देश्यका साथ स्थापित यस सरस्वती प्राथमिक विद्यालयको भवन निर्माणमा आफनो सक्दो सहयोग रहने बताउदै स्थानीय, प्रदेश तथा केन्द्रिय सरकारबाट सहयोगका लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले सहयोग उपलव्ध गराउने विश्वास दिलाएकी थिईन् ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा ११ रिघाका अध्यक्ष डम्मर श्रीसले यस वडामा रहेका विद्यालयहरुमा यो विद्यालय निकै समस्यामा रहेको बताउदै यसको निर्माणमा आफु कटिवद्ध भएर लाग्ने बताएका थिए ।

गण्डकी प्रदेश सांसद व्दय ईन्द्रलाल सापकोटा र चन्द्रबहादुर बुढा समेतको उपस्थिति रहेको सो शिलान्यास कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम नेपालीको रहेको थियो भने शिक्षिका मीना नेपालीको स्वागत र नारायण पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *