सांसद टोलीव्दारा हटिया स्थित सहस्त्रधारा झरनाको अवलोकन !

घनश्याम गौतम गल्कोट २०७५ असोज २७ । गल्कोट नगरपालिका बडा नम्बर ३ हटियामा रहेको पर्यटकीय महत्वको सहस्रधारा झरना प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेलले आज अवलोकन गरेका छन् । उनका साथ गण्डकी प्रदेश सांसद चन्द्रबहादुर बुढा, ईन्द्रलाल सापकोटा
राजनैतिक दलका प्रतिनिधी टोलीले आज बिहान स्थलगत रुपमा सहस्रधारा झरनाको अबलोकन गरेका हुन ।

हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङका लागी यस अघि नै डिपिआर गरिएको छ । इगल सोलुसन काठमाडौको टोलीले झरना ब्यवस्थापन, पोखरी पुर्वाधार निर्माण, चेन्जिङ कोठा, ट्वाईलेट, बाथरुम, पदमार्ग आदिको दिर्घकालीन ब्यवस्थापनका लागी डिपिआर गरेको बडा अध्यक्ष बिरजङ भण्डारीले टोलीलाई जनाकारी गराएका थिए । अहिले उक्त सहस्रधारामा ब्यबस्थापनको काम सञ्चालन भैरहेको ब्यबस्थापन समितीको अध्यक्ष गगन कुबरले जनाकारी दिए ।

सहस्त्रधारा झरना अवलोकन पछी सांसद पौडेलले प्रर्यटन प्रर्बद्धनको लागी सहस्रधारा झरनामा पुर्वाधार निर्माण गरि साहसिक खेल क्यानोनिङ्गको सञ्चालनको लागि अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए भने प्रदेश सांसद चन्द्र बहादुर बुढाले झरनाको ब्यबस्थापन जरुरी रहेको बताउदै डिपिआर भएको कामलाई तत्काल सञ्चालन गर्ने बातबरण निर्माण गर्ने बिश्बास दिलाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *