मुक्तिनाथ स्वास्थ्य सहकारीको अध्यक्षमा सीता शर्मा चयन !

बागलुङ, २०७५ असोज २७ । मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. बागलुङको अध्यक्षमा सीता शर्मा निरविरोध निर्वाचित भएकी छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष चण्डी प्रसाद शर्माको स्थानमा सीता शर्माको नेतृत्वमा १३ सदस्य सञ्चालक समिति निरविरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा निर्माणकुमार श्रेष्ठ, सचिव सरोज पन्त, सहसचिव महेन्द्र प्रसाद पौडेल, कोषाध्यक्ष लालकुमारी बस्नेत र सदस्यहरुमा रोजिना राई क्षेत्री, निर्मला खड्का, जयराम सुवेदी, सिर्जना पाण्डे, प्रतिभा शर्मा र जमुना आचार्यलाई चयन गरेको हो । साधारण सभाले विश्वनाथ आचार्यको संयोजकत्वमा रञ्जना पन्त र सिर्जना अधिकारी सदस्य रहेको ३ सदस्यीय लेखा समिति पनि निरविरोध निर्वाचित गरेको छ ।

धौलागिरीका स्वास्थ्य प्रति सचेत नागरिकहरुको भेलावाट यस क्षेत्रका नागरिकहरुलाई सक्षम भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित सहकारी संस्थाको चौथो वार्षिक साधारण सभाको उद्घाटन संस्थाका शेयर सदस्य एवं जैमिनी नगर प्रमुख ईन्द्रराज पौडेलले गरेका थिए ।

साधारण सभामा जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, ग्रिन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्था पर्वतका अध्यक्ष राजु आचार्य, आईएमई लाइफ ईन्स्योरेन्स बागलुङ शाखाका प्रमुख जमुना आचार्य, सिवाईसी साकोसका सल्लाहाकार बद्रिप्रसाद पौडेल, निर्वाचन अधिकृत भुमिश्वर गौतम लगाएतले मन्तव्य राखेको थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थालाई यो अवस्थासम्म ल्याउन सल्लाहा सुझाव दिने र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष शर्माले संस्थालाई सदस्यहरुको माग र चाहानालाई सम्वोधन गर्दै सबैको सल्लाह सुझावलाई ग्रहण गर्दै अगाडि वढ्ने प्रतिवद्धता व्यत्त गरेकी थिईन ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता सञ्चालक सदस्य खिमानन्द पौडेलको स्वागत र सचिव रामवहादुर के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *