साताको तस्वीर : कालिका मन्दिरमा नवरात्रि पूजन !

शव्द/चित्र : कुसुम थिङ,

बागलुङ २०७५ असोज २७ । नेपालीहरुको घरागनमा महान चाड विजया दशमीको माहौल छाएको छ । हिन्दुहरुले प्रमुख पर्वको रुपमा मनाउने बडा दशैँको नवरात्रि सुरु भएसँगै विभिन्न शक्तिपीठहरुमा श्रद्धालुहरुको भीड लागेको हो ।

नेपालको महत्वपूर्ण शक्तिपीठ मध्यको बागलुङ कालिका भगवतीको मन्दिरमा नवदुर्गाको पावन अवसरमा अहिले श्रद्धालुहरुको घुईचो देख्न सकिन्छ ।

यस नवरात्रका अवसरमा देवीका नौ अलग अलग रुपमा पूजार्चना गरिन्छ । नेपाली पन्चांग अनुसार एक वर्षमा चैत, असार, असोज र माघ महिना गरी चार पटक नवरात्र पर्छन तर चैत र असोज मिहनामा पर्ने शुक्ल पक्षको प्रतिपदा देखी नवमी सम्मको नवरात्र मुख्य मानिन्छ। बसंत ऋतुका कारण चैत्र नवरात्रलाई वासंती नवरात्र पुकारिन्छ भने शरद ऋतु असोज नवरात्रलाई शारदीय नवरात्रको नामबाट चिनिन्छ । चैत्र र असोज मध्य असोज नवरात्रलाई महानवरात्र भनिन्छ।

नवरात्रिको पहिलो दिन शैलपुत्री, दोश्रो दिन ब्रह्मचारिणी, तेश्रो दिन चंद्रघंटा, चौथो दिन कुष्मांडा, पाँचो दिन स्कंदमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी एवं नवौ दिन सिद्धिदात्रि माताको रुपमा पुजा गरिन्छ । नवरात्रिको पहिलो दिन घटस्थापना गरिन्छ ।

आज असोज २७ गते शनिवार नवरात्रि पूजनको चौथो दिन माता कुष्माण्डा देवी दुर्गाको स्वरूपमा उपासना गरी दुर्गामाताको पूजार्चना गरिदै छ । कालिका भगवती मन्दिरमा विहान सवेरै देखी भक्तहरुको अपार भीड लागेको छ । यहाँ प्रस्तुत छन् आज शनिवार कुष्माण्डा पूजनका दिन खिचिएका केहि तस्बीर !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *