स्व. आचार्यको नवौँ पुण्य तिथीमा निलगिरी सहकारीव्दारा राहत हस्तान्तरण !

बागलुङ २०७५ असोज २७ । निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका आफन्तको दुःखद निधनमा श्रद्धान्जली कार्यक्रम तथा राहत हस्तान्तरण गरेको छ ।

संस्थाका शेयर सदस्य सुवास आचार्य तथा संस्थाका शुभचिन्तक शम्भु आचार्य, कौशिला आचार्य, बसन्ती आचार्य, पार्वती आचार्य र कालिका आचार्य सुवेदीका पुजनीय पिता एवं ससुरा बानपा १ रामरेखा निवासी स्वर्गिय कृष्णधर आचार्यको नबौ दिनको पुण्य तिथिमा श्रद्धान्जली तथा राहत हस्तान्तरण गरेको हो । संस्थाले सुखमा पनि दुःखमा पनि सँगसँगै भन्ने उद्देश्यले हरेक परिवारमा दुःख पर्दा र नयाँ सदस्यको आगमन हुँदा राहत हस्तान्तरण गर्दै आएको छ ।

कार्यक्रममा राहत स्वरुप पाँच हजार रुपैयाँ स्वर्गिय आचार्यका छोरी कालिका आचार्य सुवेदीलाई हस्तान्तरण गरिएको संस्थाका सचिव मिन बहादुर केसीले बताए ।

हस्तान्तण कार्यक्रममा संस्थाका अध्यक्ष नारायण पौडेलले स्वर्गिय कृष्णधर आचार्यले गरेको समाजप्रतिको योगदान नयाँ पुस्ताले कहिलै नभुल्ने बताए । वि.स. १९८० साल असार २३ गते जन्मिएका आचार्यको यही असोज १८ गते ९६ औं वर्षमा असमयिक निधन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *