शुभकामना आदानप्रदानमा युवा मैत्री कार्यक्रम ल्याउन मन्चलाई सुझाव !

दिनेश शर्मा, बडीगाड २०७५ असोज २७ । बडीगाड गाउपालिकामा कृयाशील बडीगाड युवामन्चले बिजया दशमी, शुभदीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

मन्चका अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्ष्यता रहेको कार्यक्रममा बडीगाड गाउपालिका वडा न ३,५,६, र ७ का वडाध्यक्षहरु क्रमश: खडक पुन, अर्जुन प्रसाद खरेल, मौसम काजी क्षत्री तथा कृष्ण गुरुङले संयुक्त रुपमा कार्यक्रमको दीप प्रज्ज्वलन गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेकपाको तर्फबाट तिर्थमणी भुषाल, नेपाली काङ्ग्रेसको तर्फबाट बडीगाड संयोजक गण्डकी थापा अधिकारी, बडीगाड गाउँपालिका नासु थम्मन रेश्मी, पशु सेवाकेन्द्र खर्बाङका प्रमुख महेन्द्र पन्थी, रेड्क्रस प्रतिनिधि बिष्णु आचार्य, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि हरि घिमिरे, कार्यपालिका सदस्य कबिराज सुनार, युवा समाजसेबी दिपक रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

मन्चका उपाध्यक्ष दिनेश शर्माको स्वागत मन्तब्य र मन्चका सचिब सुमित्रा घिमिरे खत्रीको सन्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै बक्ताहरुले युवा मैत्री कार्यक्रम ल्याउन मन्चलाई सुझाव दिएका थिए भने मन्चका अध्यक्ष शेरचनले युवा शक्तिलाई स्वदेश मै केही गर्ने साहस गर्न अपील गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *