यस क्षेत्रमा रहेका बिकृतीहरु हटाउन शिक्षकहरु एकजुट हुन सांसद पौडेलको आग्रह !

दिनेश शर्मा, गल्कोट २०७५ असोज २६ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागलुङका अध्यक्ष गोबिन्द बहादुर भन्डारीको अध्यक्षयतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, नेकपा नेत्री बलावती शर्मा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्दृय उपाध्यक्ष झपिन्द्र थापा लगाएत अन्य अतिथीहरु रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला सचिब कृष्ण भट्टराईले राखेका थिए भने कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गल्कोट नगर अध्यक्ष राम बहादुर खत्री एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गल्कोट नगर अध्यक्ष चुडामणि शर्मा, गल्कोट नगर शिक्षा अधिकृत प्रकाश ओझा लगाएत बिशिस्ट अतिथिहरु र प्रमुख अतिथी पौडेलले कार्यक्रममा मन्तब्य राखेका थिए भने कार्यक्रममा बोल्दै शिक्षक र शिक्षा क्षेत्रमा रहेका समस्याहरु सङ्घिय शिक्षा ऐन मार्फत समाधान गर्ने प्रतिबद्दता जनाउदै यस क्षेत्रमा रहेका बिकृतीहरु हटाउन शिक्षकहरु एकजुट हुन आग्रह गरेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला सचिब कृष्ण भट्टराईले इबाग्लुङलाई बताए । कार्यक्रममा एकीकृत नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष नगेन्द्र खरेलले धन्यवाद मन्तब्य राखेका थिए भने जिल्ला सचिब वीर चोखालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *