अफिसर्स क्लब बागलुङव्दारा प्रकाशित उत्तरगंगा स्मारिका २०७५ को विमोचन

बागलुङ २०७५ असोज २६ । जिल्ला प्रशासन कार्यालय एवं अफिसर्स क्लवको आयोजनामा नेपालीहरुको महानपर्व विजया दशमी, तिहार, छट लगायत २०७५ साल भरी मनाईने समस्त चाडपर्वहरुको उपलक्षमा शुभकामना आदान प्रदान एवं उत्तरगंगा स्मारिका-२०७५ को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी एवं अफिसर्स क्लबका विशेष संरक्षक बेदप्रसाद खरेलले उत्तरगंगा स्मारिका २०७५ चौथो अंकको विमोचन गर्दै स्मारिकाले बागलुङ स्थित सरकारी कार्यालयहरुको कार्य प्रगतिका बारेमा जानकारी दिने भएकाले यसको विशेष महत्व रहने बताए ।

कार्यक्रममा अफिसर्स क्लबमा अध्यक्ष एवं जिल्ला जनस्वास्थ्य प्रमुख दीपक तिवारीले उत्तरगंगा स्मरिका २०७५ मा समावेश विविध विषयहरुमाथी विश्लेषणात्मक रुपमा प्रकाश पारेका थिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी, जिल्ला समन्वय अधिकारी नारायण सापकोटा, जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्याय, सूचना अधिकारीहरुका तर्फबाट घनश्याम सापकोटा, अफिसर्स क्लबका तर्फबाट सचिव सरिता देवी शर्मा, बैँकर्सका तर्फबाट एभरेष्ट बैकका प्रवन्धक सुनिल राज खनाल, कार्यलय प्रमुखहरुका तर्फबाट मालपोत अधिकृत विष्णु प्रसाद शर्मा, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले स्वागत तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी धिरेन्द्र राज पन्तले कार्यक्रमको सन्चालन गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *