जिल्लाको आर्थिक गतिविधी क्रियाशील बनाउन बैँक स्टाफहरुलाई प्रजिअ खरलेको आग्रह !

संस्कृत माबि कुँडुलेका विद्यार्थीहरुका लागि बन्दोबस्तीका सामाग्री हस्तान्तरण !

बागलुङ २०७५ असोज २६ । बागलुङ नगरपालिका ४ कुँडुले स्थित संस्कृत आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि बागलुङ सदरमुकामस्थित बैँक तथा बित्तिय संस्थाहरुमा कार्यरत प्रवन्धक एवं कर्मचारीहरुका तर्फबाट कार्यक्रमका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यलाई केहि बन्दोबस्तीका सामानहरु हस्तान्तरण गरेका छन् ।

आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा दुई सेट ग्याँस चुलो, दुई प्रेसर कुकुर, अन्य भाँडाकुँडा लगायतका सरसामान रहेका छन् । विद्यालयमा हाल ७० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

एभरेष्ट बैँकका प्रवन्धक सुनिल खनालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रजिअ खरेलले विभिन्न जिल्लाहरुबाट बागलुङ आएर संस्कृत आवासीय माविमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्न उत्प्रेरित हुनु सामाजिक उत्तरदायित्व बोध भएको चर्चा गर्दै जिल्लाको आर्थिक गतिविधी क्रियाशील बनाउन आग्रह गरे । उनले जिल्लाको ग्रामिण क्षेत्रहरुमा बैँकिङ सेवा बिस्तार गर्न समेत आग्रह गरेका थिए ।

सामाग्रीहरु ग्रहण गर्दै स्वामी ऋषि प्रपन्नाचार्यले यस ऐतिहासिक स्थलमा आएर यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग उपलव्त्र गराएकोमा बैँक तथा वित्तिय संस्थाका प्रवन्धक एवं कर्मचारीहरुको धन्यवाद सहित प्रशंसा गरेका थिए ।
कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैँकका कर्जा प्रमुख सुदीप राजभण्डारीले स्वागत एवं सन्चालन गरेका थिए । स्मरणीयछ, बागलुङ सदरमुकाममा २९ बैँकहरु सन्चालनमा रहेका छन् ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *