विजया दशमीको अवसरमा नेपाल महिला सघंको शुभकामना कार्यक्रम सम्पन्न !

बागलुङ २०७५ असोज २६ । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ क्षेत्रिय कार्य समिति क्षेत्र १ बागलुङको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले चाडपर्वहरुलाई भडकिलो नबनाई आफनो संस्कृतिको जगेर्ना गर्ने गरि मनाउनुपर्ने बताउदै देखावटी रुपमा नलागी आफनो क्षेमता,गच्छता र दिगो हुने गरि मनाउन आग्रह गरे । उनले नेपालीहरुको सुख शान्ति र समृद्धिको लागि विजया दशमीले मार्ग प्रशस्त गर्ने कामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीले पछिल्लो समयमा चाडपर्व खर्चिलो र देखावटी रुपमा विकास हुदै गएको अवस्थामा यसलाई कम गर्नु सबै लाग्नुपर्ने सुझाव व्यक्त गरेका थिए । कार्यक्रममा ताराखोला गाउ“पालिका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउ“पालिका अध्यक्ष जोकलाल बुढा, नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल, महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य, महिला सघंका जिल्ला अध्यक्ष सकुन्तला शर्मा, नेविसघंका केन्द्रिय सह महामन्त्री हरिहर शर्मा, नेपाल टे«ड युनियनका केन्द्रिय सदस्य दुर्गादत्त आचार्य, नेपाली काग्रेस जिल्ला सदस्य लक्ष्मी शर्मा, क्षेत्रीय सचिव केशव थापा, महिला सघंका पुर्व अध्यक्ष लक्ष्मी जिसी, महिला सघंका महाधिवेशन प्रतिनिधि सिता शर्मा, नेपाल महिला सघं नगर अध्यक्ष पिङ्गला जिसी, भुपु सैनिक सघंका अध्यक्ष हरिबहादुर भण्डारी,तरुण दलका उपाध्यक्ष गोपाल जिसी, नेका वडा ५ का सभापति फुलप्रसाद सापकोटा,नेपाल शिक्षक सघंका अर्थ सचिव राजेन्द्र आचार्य,नेविसघंका रामचन्द्र गौतम लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

महिला सघं क्षेत्रिय समितिका अध्यक्ष हुमा रिजालको अध्यक्षता,कोषाध्यष सीता सापकोटाको स्वागत र सचिव कमला पराजुलीको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *