सवारी धनीले कम्तीमा दुई सिट जेष्ठ नागरिकका लागि ५० प्रतिशत भाडामा सुरक्षित राख्न अनिवार्य !

बागलुङ २०७५ असोज २६ । प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समिति, जिल्लाका स्थानीय तहका पदाधिकारीहरु, बागलुङ उद्योग बाणिज्य संघ, उपभोक्ता समिति, जिल्ला स्थित सरकारी कार्यालयहरुका प्रमुख एवं प्रतिनिधी तथा सरोकारवालाहरुको बैठकले आसन्न दशैँ तिहार छट पर्व आदिलाई मध्यनजर गरी केहि महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको मिति २०७५ असोज १६को पत्र अनुसार सवारी धनी वा सन्चालकले जेष्ठ नागरिकको लागि कम्तीमा दुई सिट सुरक्षित राख्नु पर्ने र निजहरुलाई यात्रु भाडादर कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था भएकोले सोको कार्यान्वयनका लागी यात्रुबाहक सवारी साधन सन्चालकले व्यवस्था मिलाउने र नियमक निकायले अनिवार्यरुपमा लागु गराउने निर्णय गरेको छ ।
अन्य निर्णय यस प्रकार छन्:

तस्वीर अर्जुन ढकाल, बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *