दशैंको पूर्व सन्ध्यामा साझा यातायातको बागलुङ-काठमाडौ रात्रि बससेवा सन्चालन !

कुसुम थिङ, बागलुङ २०७५ असोज २५ । बागलुङ देखी काठमाडौँका लागि आज देखी साझा यातायातको रात्रि बससेवा सन्चालनमा आएको छ । रात्रि बससेवाको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल तथा साझा यातायात सन्चालक समितिका सदस्य रुद्र पौडेलले संयुक्तरुपमा रिबन काटेर शुभारम्भ गरेका हुन् ।

साझा यातायात सेवा प्रति बागलुङबासीको धेरै वर्ष पहिले देखिनै ममत्व रहेको छ । साझा यातायातले बागलुङ बजार देखी काठमाडौ दिवा सेवा सन्चालनमा ल्याएर यात्रुहरुलाई सुविधा प्रदान गरिरहेकोमा दशैँको अवसरमा आज देखी रात्रिसेवा सन्चालनमा ल्याएकोमा जिल्लाबासीले यसलाई साझा यातायातले दिएको दशैँको उपहारकोरुपमा लिएका छन् भन्नु अत्युक्ति नहोला ।

सो अवसरमा ईबागलुङसंग संक्षिप्त कुरा गर्दै प्रजिअ खरेलले जिल्लाबासीको साझा यातायातप्रतिको विश्वासको प्रतिफल नै यो रात्रि बससेवा सन्चालनमा अाएकोले यसबाट फाईदा लिन जिल्लावासीलाई आग्रह गरेका थिए ।

प्रजिअ खरेलले रात्रि बससेवा शुभारम्भ हुनु अगाडी आयोजित कार्यक्रममा बोल्दै नेपाल सरकारको ९३ प्रतिशत लगानीे भएको साझा यातायात जनताको यातायात भएको बताए । उनले साझा यातायातको संरक्षण गनु सबैको कर्तव्य भएको उनको भनाई थियो ।

सो अवसरमा प्रजिअ खरेलले साझा यातायात सन्चालक समितिका सदस्य रुद्र पौडेल तथा कर्मचारी मधु थापालाई खादा ओढाई सम्मानित गरेका थिए ।

रात्रि बससेवा सन्चालनमा आउनुपूर्व साझा यातायात सन्चालक समितिका सदस्य रुद्र पौडेलसंगको संक्षिप्त कुराकानीमा बागलुङ जिल्लावासीको साझा यातायात प्रति अटुट मायाँ एवं सदभावलाई मध्यनजर गरी बोर्डले रात्रिबस सेवा सन्चालनमा ल्याउने निर्णय गरेको जानकारी दिए । उनले बागलुङबासीको मायाँ ममता रहेसम्म यो सेवा जारीरहने विश्वास व्यक्त गरे ।

आज देखी सन्चालनमा अाएको साझा यातायातको रात्रिबसमा प्रजिअ खरेल, साझा यातायात सन्चालक समितिका सदस्य पौडेल तथा प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले पर्वत जिल्ला सदरमुकाम कुस्मा बजार सम्म सफर गरेका थिए ।

स्मरणाीय छ, सर्वसाधारण जनताको निमित्त सस्तो, सुलभ र भरपर्दो,जनप्रिय,बिश्वासनिय यातायात सेवा सञ्चालन गर्ने मूल उदेश्य लिएर २०१८ साल चैत्र ३ गते बुधवारका दिन तत्कालीन सहकारी संस्था ऐन २०१६ अन्तरर्गत प्रारम्भिक सहकारी संस्थाको रुपमा साझा यातायात दर्ता भएको हो।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *