आजको तस्वीर : बागलुङमा ६३ औँ प्रहरी दिवस !

अर्जुन ढकाल, बागलुङ २०७५ असार २५ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा आज विहान एक भव्य कार्यक्रमको आयोजना गरी ६३ औँ प्रहरी दिवस मनार्इएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल लगायत जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुगाना, बानपाका नगरप्रमुख जनकराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता प्रहरी उपरीक्षक दीपक रेग्मी तथा स्वागत मन्तव्य प्रहरी नायब उपरीक्षक बालनर्सिह राणाकाे रहेकाे थियो । सो अवसरमा प्रहरी अधिकृत लगायत जग्गादातालाई सम्मानित गरिएकाे थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *