शिब लेकाली जीवन ज्योति युवा क्लब, माझखर्कको १८ औ वार्षिकोत्सव मेलाको तयारी तिब्र !

मन्दिप निउरे, ताराखोला २०७५ असोज २५ । बिजया दशमीको अबसरमा ताराखोला गाउँपालिका १ अमरभुमिको माझखर्कमा रहेको शिब लेकाली जीवन ज्योति युवा क्लबको १८ औ वार्षिकोत्सव मेलाको तयारी तिब्र पारिएको छ । शिब लेकाली जीवन ज्योति युवा क्लबको आयोजनामा खेलकुद कला र सस्कृतिको संरक्षण गर्ने उदेश्यले प्रत्यक बर्ष जस्तै यस बर्षको कार्यक्रम असोज २७गतेदेखि ३१ गतेसम्म विभिन्न प्रतियोगितात्मक तथा सास्कृतिक कार्यक्रमका साथ मनाउन लागिएको क्लबका अध्यक्ष दल बहादुर रोकाले जानकारि दिए ।

मेलाको अबसरमा खुला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल प्रतियोगिता , एकल नृत्य प्रतियोगिता , क्यारिम बोर्ड प्रतियोगिता ,म्युजिकल चियर प्रतियोगिता , अन्धानिशान प्रतियोगिता, आयोजना गरिएको क्लबका सचिब प्रेम बहादुर रोकाले जानकारी दिए पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले ५५ जार ५ सय ५५ व्दितिय हुने समुह लाई ३५ हजार ५ सय ५५ प्राप्त गर्ने छन । कार्यक्रम भव्यरुपमा सप्पन्न गर्नको लागी विभिन्न समिति समेत गठन गरिएको छ ।

मुल आयोजक समितिको संयोजकमा कर्ण बहादुर पुन, पुरुष भलिबलको सयोजकमा बुदि छन्त्याल, प्रचारप्रसारमा दिनेश श्रीष/बल बहादुर रोका, महिला भलिबलमा दिलु घर्ती/होमा रोकालाई जिम्मेवारी दिइएको छ

कार्यक्रमको समापन असोज ३१ गतेका दिन प्रमुख अथितिको रूपमा गण्डकी प्रेदेशका सांसद दिल माया रोका मगर ‘दिपा’को प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जानकारी दिए ।

मेलाको अबसरमा चर्चित कलाकारहरु नबिन राना मगर , निता पुन लगायको प्रस्तुति रहने छ । कार्यक्रममा शिब लेकाली पन्चेबाजाको साथमा धना घर्तिको थाली नृत्य समेत प्रस्तुत रहने छ ।

कार्यक्रममा क्लबमा विभिन्न समयमा योगदान पुराउने व्यक्तिहरु कार्यक्रम सफल पार्नको लागी सहयोग गर्ने सहयोग दाताहरुलाई समान गर्ने कायक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *