बागलुङ सेवा समाज बहराइनद्वारा गीतकार तथा गायक नरेन्द्र घर्तिलाई ८३ हजार सहयोग !

भोव बहादुर कुँवर. बहराईन २०७५ असोज २५ । बागलुङ जिल्ला ताराखोला गाउपालिका निवासी गीतकर तथा गायक नरेन्द्र घर्ती यतिबेला ए प्लाष्टिक एमोनिया रोगका कारण काठमाण्डौमा रहेको सिभिल अस्पतालमा उपचाररत छन। बहराइनमा रहेका बागलुङबासीहरुको साझा चौतारी बागलुङ सेवा समाज बहराइनले घर्तिको उपचार खर्च जुटाउनका लागी अभियान संचालन गरेको थियो ।

सानो सहयोग कसेका लागी ठुलो हुन सक्छ हजुरहरुको सहयोगले कसैको जीवनमा ठुलो परिवर्तन हुन सक्छ आउनुहोस् हामी सबै मिलि हाम्रा गीतकार तथा गायक नरेन्द्र घर्ती बचाऔ भन्ने उद्देश्यले बागलुङ सेवा समाज बहराइनका वरिष्ठ सल्लाहकार जीवन रोकाको संयोजकत्व सस्थाका महासचिव भोव बहादुर कुँवर र कोषाध्यक्ष तेजेन्द्र बुढाले अभियान सञ्चालन गरि रु ८२९००। संकलन गरि आईएमई मार्फत बिरामीको नाममा पठाएको ईबागलुङलाई जानाकारी दिएको छ ।

सस्थाका अध्यक्ष ओम पुनका अनुसार दैविक विपतमा परेका र ठूलो रोगलागी जीवन मरणको दोसाँधमा रहेकालाई सस्थाले सहयोग गर्दै आएको छ। प्रदेशमा पीडामा छटपटाई रहेकाहरुलाइ पनि सहयोग गर्दै आएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *