लेखानी माध्यमिक बिद्यालयलाई पूर्व शिक्षक प्रधान व्दारा रु १२ लाख सहयोग !

कोपिला कंडेल, बागलुङ २०७५ असोज २५ । काठेखोला गाउंपालिका ८ लेखानीको एक बिद्यालयलाई पूर्व शिक्षकव्दारा आर्थिक सहयोग प्राप्त भएको छ । लेखानी माबि लेखानीका पुर्ब शिक्षक लाल कुमार प्रधान श्रेष्ठले बिद्यालयलाई १२ लाख बराबरको आर्थिक एबं सैक्षिक सामग्री सहयोग गरेका हुन् । श्रेष्ठले आफुले अध्यापन गराएको बिद्यालयको स्मरण सहित बिद्यालयको उन्नती प्रगतिको कामना गर्दै बिभिन्न शैक्षिक सामग्री सहित १२ लाख बराबरको सहयोग गरेको बिद्यालयका शिक्षक ओमकान्त शर्मा कंडेलले ईबागलुङलाई बताए ।

पटक पटक गरेर बिभिन्न शैक्षिक सामग्री सहित १२ लाख नगद सहयोग गरेको बिद्यालयले जनाएको छ । सहयोग हस्तान्तरण पछि बोल्दै पुर्ब शिक्षक एबं सहयोगदाता श्रेष्ठले बिद्यालयको भौतिक सुधार र शैक्षिक बिकासका लागि आफुले सहयोग गरेको बताए । आफु जन्मेको ठाउंको बिकास र शैक्षिक सुधारका लागि सक्दो सहयोग गरेको भन्दै उनले सहयोगको सहि सदुपयोग गर्न आग्रह पनि गरे । कार्यक्रममा काठेखोला गाउंपालिका ८ का वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीस सहयोग दाताका छोरा गोपाल कुमार प्रधान श्रेष्ठ र बिष्णु कुमार प्रधान श्रेष्ठले मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा बिद्यालयले सहयोग दाता श्रेष्ठ सहित उहांको परिवारलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेको थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्य कंडेलको अध्यक्षता, बिद्यालयमा प्रधानाध्यापक खिमानन्द कंडेलको स्वागत मन्तब्य र संचालन शिक्षक ओमकान्त कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *