सामाजिक सुरक्षा भत्ता कटौति सम्वन्धी सरकारको निर्णय मुलतबी !

भरत सापकोटा, बागलुङ २०७५ असोज २४ । केहि समय पहिले नेपाल सरकारले बेलायती एवं भारतीय सेनाबाट निबृत्तहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने सम्वन्धी गरेको निर्णय प्रति व्यापक जनबिरोध बढेपछी नेपाल सरकारले यो निर्णय हाललाई कार्यान्वयन नगर्ने जनाएको छ ।
गत २०७५ असोज २१ गतेको मन्त्रीपरिषदको बैठकले, सामाजिक सुरक्षा सन्चालन कार्यविधी २०७५ को परिच्छेद ३ दफा ९ को उपदफा (२) व्यवस्था हाललाई कार्यान्वयन नगर्ने । यस सम्वन्धमा सामाजिक सुरक्षा सन्चालन कार्यविधी (संशोधन सहित) २०७२ को परिच्छेद ३ को दफा ८ को व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *