निशा सापकोटाकाे उपचारार्थ मालिका सेवा समाजद्वारा रु १ लाख ७२ हजार हस्तान्तरण

बागलुङ, २०७५ असाेज २४ । मनिपाल शिक्षण अस्पताल पोखराको ICU कक्षमा उपचाररत बागलुङ नगरपालका ५,पञ्चासे निवासी निशा सापकोटाका परिवारजनलाई मालिका सेवा समाज,बागलुङद्वारा रु १,७१,९०५। हस्तान्तरण गरेकाे छ ।

समाजका अध्यक्ष दुर्गा कुँवरले दशैकाे मुखमा माटो खन्ने क्रममा माटोको ढिस्को खसी सख्त घाइते निशा सापकोटाकाे कमजोर आर्थिक अवस्था भएकाेले उनकाे उपचारको लागी सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरु प्रती मालिका सेवा समाजले धन्यवाद व्यक्त गदै आपतको बेलामा हाम्रो अभियान प्रति देखाएको मायाका लागि मालिका सेवा समाज,बागलुङ परिवार हार्दिक सम्मान व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *