महिलाहरुको आर्थिक विकास र सशक्तिकरणका लागि सहकारी आवश्यक: सासंद खड्का

सुमन जि.सी, बागलुङ, २०७३ फागुन २५ । बागलुङ क्षेत्र नं. १ का माननीय सांसद चम्पादेवी खड्काले महिलाहरुको आर्थिक विकास र सशक्तिकरणका लागि सहकारीको आवश्यक रहेको बताएकी छिन् ।

१०७ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा आयोजित १ दिवसीय आन्तरिक सुशासन तथा लेखा सुपरिवेक्षण समितिको भूमिका र कार्यहरु विषयक जिल्ला स्तरीय कार्यशाला गोष्ठि तथा लेखा समितिको सम्मेलन उद्घाटन गर्दै प्रमुख अतीथि खड्काले महिलाहरुलाई जिम्मेवारी वा पदमात्र दिदैमा महिला सशक्तिकरण हुन नसक्ने बताउदै महिलाहरुको आर्थिक पहुँचमा बृद्धि भएमा मात्र शशक्तिकरण हुने र महिलाहरुको आर्थिक विकास र सशक्तिकरण सहकारी मार्फतमात्र सम्भव रहेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै नेफ्स्कूनका लेखा समिति संयोजक दामोदर अधिकारीले सदस्यहरूको वचत र सेयर लगायत सेवा सुबिधाको विषयलाई अनुगमन गर्ने र सदस्य तथा संस्थाको हित रक्षा गर्ने सहकारीको महत्वपूर्ण अङ्ग लेखा सुपरिवेक्षण समिति भएकाले संस्थाको जिवन्तताका लागि लेखा सुपरीवेक्षण समितिको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले लेखा सुपरिवेक्षण समितिलाई आफ्नो भूमिका र कार्यहरुको वारेमा स्पष्ट हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी, नेफ्स्कूनका लेखा समिति सदस्य विपीन शर्मा, जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. बागलुङका अध्यक्ष अञ्जु जि.सी लगाएतले सहकारी संस्थालाई दिगो र गतिशिल बनाउनका लागि सहकारी संस्थामा लेखा समितिको भूमिका बढाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागि पुरुषहरुको तर्फवाट बद्री नारायण शर्मा र महिला सहभागिहरुको तर्फवाट शान्ति ज्ञावालीले बोलेका थिए ।

जिल्लामा क्रियाशिल २८ वटा सहकारी संस्थाका ५५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य लेखा समिति संयोजक महेन्द्र सिंह रायमाझी े दिएका थिए भने सञ्चालन ऋण उपसमिति सदस्य के.वि. शाहीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.