खुंगा ढोरपाटन सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ असोज २४ । खुंगा ढोरपाटन वचत तथा ऋण सहकारी संस्था लिमिटेड ढोरपाटन नगरपालिका १ बुर्तिबाङको प्रथम बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

गतबर्ष स्थापना भएको सहकारीले बुर्तिबाङ क्षेत्रमा रहेको पुंजिलाई एकिकृत गरी आर्थिक उर्पाजनको क्षेत्रमा लगानी बढाउने उदेश्य सहित स्थापना भएको बताउंदै सहकारीले एक बर्षमा १ सय ३ जना सेयर सदस्य संगै ८० लाख १ हजार बराबरको सेयर पुंजी संकलन गर्न सफल भएको बताईएको छ ।

यसबर्ष मात्रै १७ लाख ८९ हजार १ सय १२ रुपैया आम्दानी गर्न सफल सहकारीले आगामि दिनमा सेयर सदस्य बिस्तार संगै सेयर पुंजि बढाउने र कर्जा मार्फत उत्पादन मुलक क्षेत्रमा युवाहरुलाई अगाडी बद्नमा सहयोग गर्ने लक्ष्य रहेको बताईएको हो ।

संस्थाका अध्यक्ष सहविन अर्गजाको अध्यक्षतामा आयोजीत खुल्ला सत्रको कार्यक्रमा सेयर सदस्य एंव जेष्ठ सदस्य गंगा बहादुर कार्कीले प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्घाटन गर्दे सहकारी संस्था ऋण लगानी र बचतमा मात्र सिमित नभई समय सान्दर्भिक रुपमा सेयर सदस्यको मन जित्दै अन्य सहकारी भन्दा काम गरेर समाजमा फरक लोकप्रियता हासिल गर्ने गरी अगाडी बढनु पर्ने बताएका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष जितबहादुर कुवंरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै सल्लाहकार सदस्य गुन्जबहादुर भण्डारी, सेयर सदस्य एवम ढोरपाटन १ का वडा सदस्य असारी बिक, लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रम उपाध्यक्ष केयरसिंह गुरुङको स्वागत ,संस्थाका सहसचिव राजु क्षेत्रीले सञ्चानलन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *