रोल्पा ,प्युठान र भालुवाङ्ग सम्म अब -याफ्टिङ्गमा ओहर दोहर

प्रेम सुनर, बुटवल, २०७५ असोज २३ । रोल्पाको लुङग्री खोलामा सोमबार देखि -याफ्टिङ्ग सेवा सुरु भएको छ । उक्त सेवाको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अनन्त) ले उद्घाटन गरेका हुन । रोल्पकोको सुनिल स्मृति गाउँपालिका र कर्णाली -याफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिको साँझेदारीमा याफ्टिङ्ग सेवा सुरु गरिएको हो ।

त्यसले पर्यटन प्रवर्धनमा महत्व पुर्ण भुमिका खेल्ने मन्त्री पुनको भनाई छ । उनले रोल्पाको जलजला क्षेत्र पनि एक भएको चर्चा गर्दै जलजला पुग्ने बाटो मै ¥याफ्टिङ्ग भए पछि थप आकर्षक गन्तव्य हुनेमा आशावादी भएको बताए । उक्त ¥याफ्टिङ्ग सेवा रोल्पाको सुलिचौरबाट सुरु भई प्युठानको भिङग्री हुँदै दाङ्गको भालुवाङ्ग सम्मको गन्तव्य गराउने गरी काम अगाडी बढाईएको छ ।

मुख्य कार्यालय सुलिचौरमा रहने भए पनि खुङग्री चतुर्भुनमा बेस क्याम रहने छ , स्वर्गद्धारी नगरपालिकामा सेल्स कार्यालय राखिने छ , माण्डवी गाउँपालिका देविस्थान अरङखोलामा वेक क्याम्प र राप्ती गाउँपालिका भालुबाङ्गमा अन्तिम स्टेशन रहने गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *