समाजसेवी केबि रानामगर धौलागिरी अन्चल अस्पतालको अध्यक्ष तोकिए !

बागलुङ २०७५ असोज २३ । बागलुङ नगरपालिका १ रामरेखा निवासी समाजसेवी कुलबहादुर राना मगर (केबि रानामगर) गण्डकी प्रदेश सराकारको मन्त्री स्तरीय निर्णयबाट धौलागिरी अन्चल अस्पताल व्यवस्थापन समितीकोे अध्यक्ष तोकिएका छन् ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको निर्णय अनुसार राना आगामी तीन वर्षका लागि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष तोकिएका हुन् ।

सामाजिक सेवाभावका धनी केबि रानाको कार्यकालमा अस्पतालबाट प्रवाह गरिने सेवा सुविधा एवं अस्पतालको बहुपक्षीय उन्नति एवं प्रगतिमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *