गुल्मीमा अपाङ्गताका सरोकारवाला बीच एक दिने अन्तरक्रिया सम्पन्न

कौरव खत्री, गुल्मी २०७५ असोज २३ । गुल्मीमा अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने अन्तरक्रिया एवं छलफल सोमबार मुसिकोट नगरपालिकामासम्पन्न भएको छ ।

विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीको आयोजनामा भएको उक्क्त अन्तरक्रियामा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीका प्रमुख शालिकराम तिमिल्सिनाले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पँहुच, वर्तमान अवस्था,शैक्षिक सरोकारवालाहरु बीचको भूमिका लगायतका विषयमा प्रकाश पार्द आफ्नो संस्थाले गुल्मी जिल्ला अपाङ्गताका क्षेत्रमा गरेका कार्यको बारेमा प्रकास पादै अपाङ्गता बालवालिकाहरुलाई घरपरिवार र समाजले समेत सहयोग पु¥याउनु गर्ने र उनीहरुलाई माथी उठाउन सबैको साथ सहयोग हुनु पर्ने कुरामा जोड दिएका थिए ।

साथै अन्तरक्रियामा मुसिकोट नगरपालिकामा भित्र तत्काल जनप्रतिनिधि एवं अपाङ्गताका सरोकारवाला बुद्धिजिवी बाल क्लव,बालवालिका लगायतलाई सहभागि गराई तिन दिने तालिम सञ्चालन गर्ने तथा त्यसपछि मुनपा भित्रका सबै वडाहरुमा अपाङ्गताको तथ्याङ्ग संकलन गर्ने जस्ता निर्णय गरिएको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसीले जानकारी दिए ।

कार्यक्रम मुनपा अपाङ्गता व्यवस्थापन समन्वय समिति संयोजक एवं नगरपालिकाका उपप्रमुख कमला शर्माको अध्यक्षता रहेको कार्यक्रम बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसीले गरेका थिए ।

उक्क्त अपाङ्गता व्यवस्थापन सम्वन्धि अन्तरक्रियामा जनप्रतिनिधिहरु अपाङ्गता भएका व्यक्तिहरु एवं परिवारजन लगायतको सहभागिताामा रहेको थियो ।

उक्क्त सक्षम परियोजनाले गत २०७४ बैशाख १२ गतेदेखि गुल्मी जिल्लामा शारीरिक अपाङ्गता भएका बालवालिकाहरुका लागि काम गदै आइरहेको छ भने हालसम्म सक्षम परियोजना जिल्लाको सत्यवति गाउँपालिका र सदरमुकाम तम्घासमा महिला तथा बालवालिकाको कार्यालय गरि दुइ स्थानमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरि डाक्टर परामर्श तथा फिजियोथेरापी र सहयोगी सामग्रीको नाप जाँच एवं वितरण तथा जिल्ला भित्रका अपाङ्गता र गरिवी कारण विद्यालय जान नसकेका बालवालिकाहरुलाई विद्यालय पठाउन प्रोत्सान स्वरुप अपाङ्गता बालवालिकाहरुलाई शैक्षिक सामग्रीहरु र पोशाक समेत वितरण गदै आइरहेको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक केसीले जानकारी दिए ।

उक्क्त सक्षम परियोजना गुल्मीले हालसम्म ३ सय,५३ जना शारीरिक अपाङ्गता भएका बालवालिकाहरुको उपचार तथा पुनस्र्थापना गरिसकेको ५सय,८७ जना विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएको र ५ बर्षीय अपाङ्गता व्यवस्थापन सम्वन्धि कार्ययोजनाको मोडालिटि तयार पारेको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक केसीले जानकारी दिए ।

साथै उक्क्त अन्तरक्रियामा सहभागी जनप्रतिनिधिहरुले अवका दिनहरुमा अपाङ्गता बालवालिकाहरुलाई समावेशी रुपमा सबै वडा तथा समुदायमा उनीहरुको पहुँच पु¥याउन अपाङ्गतासँगका सरोकारवाला बाल क्लव बालवालिकाहरुलाई समावेशी रुपमा सहभागि गराउन पहल गर्ने प्रतिबद्धता गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *