जनजागरण युवा क्लब ,निसीको नयाँ समिती गठन !

कुम्बिर बिस्वकर्मा, बुर्तिवाङ २०७३ फागुन २५ । बागलुङको पश्चिमी क्षेत्र निसी -१ मसलगाउमा जनजागरण युवा क्लबको प्रथम भेला सम्पन्न भएको छ। भेलामा समासेवी तथा जनसेवा युवा महिला समितीका अध्यक्ष निरु बि कको प्रमुख आथित्यता र क्लबका पुर्ब उपाध्यक्ष शान्त बि क को अध्यक्षता रहेको थियो।

भेलामा क्लबका सदस्य जगत बहादुर बिकको स्वागत मन्तव्य र क्लबका सचीव कुम्बिर बिश्वकर्माको सन्चालन रहेको थियो।

भेलामा समासेवी विष्णु सापकोटा ,क्लबका सल्लाहाकार समितिका सदस्य दिल मा गिरि, प्रमुख अथिती निरु बि कले शुभ कामना मन्तव्य राखेका थियो। उनिहरुले सम्पुर्ण महिला ,युवा सबै सङ्गठित भएर सामाजिक परिवर्तन , सुदृढीकरणमा जोड दिने,स्थानीय स्रोत र साधन को उचित उपयोग गर्ने जस्ता मन्तव्य राखेका थिए।

भेलाको अबसरमा लछुमण छन्त्यालको अध्यक्षता मा ११ सदस्यीय समिती गठन गरेको छ। जसको उपाध्यक्षमा बिस्णु सापकोटा ,सचीवमा कुम्बिर बि क, सहसचिवमा जगत बहादुर बि क, कोषाध्यक्षमा तुल बहादुर बि क, रहेको नयाँ समिती गठन भएको छ। उक्त क्लबले समाज परिवर्तन र सुदृढीकरण गर्न ,सान्ती बिकास र परिवर्तन गर्न भुमिका खेल्न प्रतिबद्ध जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *