मौसमको परिवर्तन सँगै बुर्तिवाङ स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्यो !

बुर्तिवाङ २०७५ असोज २२ । मौसमको परिवर्तन सँगै बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आउने बिरामीहरुको संख्या बढेको छ । आज भोलि दिनमा एकसय जनाको हाराहारीमा बिरामीहरु (बहिरंग सेवा) उपचारार्थ आउने गरेको बरिष्ट अहेव (अधिकृत) रितुवर्ण पौडेलले ईबागलुङलाई बताए । केन्द्रमा उपचारार्थ आउनेहरुमा रुघाखोकी र टाईफाईडका विरामीहरुको संख्या बढी हुने गरेको उनले बताए ।

एक जना डाक्टरको करारको म्याद यहि असोज १८ गते सकिएर उनि गएपछी स्वास्थ्य केन्द्रमा तीन जना चिकित्सकको सेवा उपलव्ध छ । एक जना चिकित्सक अल्प तालिमका बाहिर गएकाले स्वास्थ्य केन्द्रमा डा लक्ष्मी अर्याल र डा दिलिप राज जोशी दुईजनाले विरामीहरुको चेकजाँच र उपचार गरिरहेको उनले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालयबाट निशुल्क वितरण गरिने औषधि प्रयाप्त मात्रामा उपलव्ध भएकोले ढोरपाटन नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई पुग्ने औषधी स्टोरमा रहेको पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *