आदर्श सञ्चार सहकारीले दियो महिलालाई प्याड बनाउँने तालिम !

बागलुङ २०७५ असोज २२ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङ नगरपालिका ६ लङ्गाउका महिलाहरुलाई प्याड बनाउने एक दिने तालिम सम्पन्न भएको छ ।

तालिकको सहजिकरण गर्दै आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी अञ्जुले महिनावारीमा महिलाहरुले प्रयोग गर्ने प्याड घरमानै निर्माण गर्न सकिने हुदा पैसाको बचत हुने र स्वास्थ्यका दृष्ट्रिकोणले पनि राम्रो हुने भन्दंैं आफुले प्रयोग गर्ने प्याड आफैं बनाउँनुपर्ने बताईन् ।

जिसीले बजारबाट प्याड खरिद गर्दा मासिक रुपमा हुने खर्च बचत गरेर आयस्तरमा सुधार गर्दै महिनावारी हुँदा आफैले प्याड बनाएर प्रयोग गर्न सबैलाई आग्रह गरिन् ।

उनले पछिल्लो समयमा सहकारीले महिलाहरुको आय स्तर सुधार गर्दै आत्मनिर्भर बनाउँनको लागि विभिन्न तालिमको आयोजना गर्न थालेको भन्दैं संघ संस्था र सहकारीले प्रद्धान गर्ने तालिम सिकेर महिलाहरु उद्यमी बन्नुपर्ने समेत बताईन । आदर्श सञ्चार सहकारीले बचत तथा ऋणको मात्र काम नगरेर विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै समुदायप्रतिको उत्तरदायीत्व समेत पुरा गरेको भन्दै यस्ता कार्यक्रममा महिलालाई सहभागी बनाएर अर्थ उपार्जनतर्फ आर्कर्षण गर्न लागि परेको बताईन् ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्यहरुले बजारमा पाउने प्याडभन्दा घरमानै उत्पादन हुने कपाठडाको प्याड सस्तो र शुरक्षित भएको बताएका थिए । तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको आदर्श सञ्चार सहकारीले बताएको छ । सहकारीले आर्थिक क्रियाकलाप वाहेक समाज रुपान्तरणका लागि प्याड बनाउँने तालिम संगैं विद्यालयमा सहकारी शिक्षा, दुव्र्यशनी विरुद्ध आमाहरु जस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै आइरहको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *