ताराखोलामा न्युनतम बिधालय सुरक्षा अभिमुखिकरण तालिम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ असोज २२ । ताराखोला गाउँपालिका शिक्षा शखाको आयोजनामा न्युनतम बिद्यालय सुरक्षा सम्बन्धि अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सहयोगमा सम्पन्न उक्त तलिममा बिद्यालयमा आइपर्ने विभिन्न किसिमका बिपत तथा जोखिमका बारेमा अपनाउनु पर्ने पूर्व साबधानी र बिपत पछिको अबस्थामा खेल्नु पर्ने भुमिकाका बारेमा प्रशिक्षण गरिएको ताराखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली प्रसाद शर्माले जानकारी दिए । ताराखोला गाउँपालिकाका २३ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको उक्त अभिमुखिकरण तालीमको सहजीकरण प्लान ईन्टरनेशन नेपालका अधिकृत कपिल शिलवाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका कार्यक्रम संयोजक सूर्य कंडेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले बिपत न्यूनीकरण सम्बन्धि अभिमुखिकरण बिद्यालय तहमा मात्र नभै सम्पूर्ण कार्यालयमा पनि आबश्यक रहेको कुरा बताउदै स्थानिय सरकारको रुपमा ताराखोला गाउँपालिकाले पनि बिपत ब्यबस्थापन सम्बन्धि कार्य योजना बनाइ आपतकालीन अबस्थाका तत्काल उद्धारका लागि केही सामग्री खरिद पनि गरेको बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट अर्गल मा बि अर्गल का प्र अ गणेश बहादुर घर्ती लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम ताराखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली प्रसाद शर्माको अध्यक्षता , जनप्रेम मा बि अ्मरभुमी का प्र अ नइन्द्र बहादुर गुरुङको स्वागत र त्रिशुली प्रा बि तारा का प्र अ कुल बहादुर रोकाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *