बडा दशैँ तथा महिला भलिबल प्रतियोगितालाई लक्षित गरी हटिया बजार सरसफाई !

सरिता खत्री, गल्कोट २०७५ असोज २२ । गल्कोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा आज हटिया बजार सरसफाई गरिएको छ । आज गलकोट नगरपालिका ३ को हटिया सेरा बजार, बीच बजार लोकतन्त्र चोक, गणतन्त्र चोक, बि एन बी चोक, जिपपार्क लगायत विभिन्न ठाँउका सडक, नाली सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा सि वाई सी बचत तथा ऋण सहकारी, उद्याग वाणिज्य संघ गल्कोट इकाई, लाएन्स क्लव अफ गलकोट सिटी, नेपाल चेम्बर अफ कर्मश गल्कोट लगायत संस्थाहरुको सहयोग एवम् हटिया बजारबासी एवं वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

मौसम परिर्बतन हुने समयमा रोगको जोखिम बढि हुने हुदाँ सरसफाईमा ध्यान दिनुपर्ने बताउदै बडा अध्यक्ष वीरजंग भण्डारीले यहि असोज २३ गतेबाट गल्कोटको हटियामा हुने राष्ट्रिय महिला भलिबल तथा बिजया दशमीको पावन अबसरमा आफ्नो टोल तथा बजार सरसफाई गरिएको बताए ।

सोहि अबसरमा गल्कोट नगरपालिकाको सहयोगमा २५ थान फोहोर संकलन गर्ने बाल्टी विभिन्न चोकमा राखिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *