बिहुँ काउलेका पहिरो पीडितलाई गासबासको चरम समस्या : सरोकारवालाको ध्यान नजानु दु:खद विषय !

भरत प्रसाद सापकोटा, विहुँ बागलुङ २०७५ असोज २२ । काठेखोला गाउपालिका-५ काउलेका पहिरो पीडित १४ घर परिवारलाई सोमबार एक कार्यक्रमका बीच रु २२ हजार भन्दा बढीको खाद्यान्न चामल, दाल तेल नून आदि वितरण गरिएको छ । बिहुँबाट रोजगारीका लागि जापान रहेका अर्जुन कँडेलको सक्रियतामा संकलित रु १ लाख २० हजार रकम बाट सो खाद्यान्न खरीद गरी पीडित परिवारलाई अर्जुन कँडेलका पिता छविलाल कँडेल, वडाध्यक्ष शिव कँडेल, अमरमाविका प्रअ भिष्म कँडेल, रघुपति कँडेल लगायत उनका परिवारले हस्तान्तरण गरेका हुन् ।

खाद्यान्न खरीद गरी बाँकी रहेको रु ९८ हजार नगद पीडित परिवारका लागि जगा खरीद गर्न सन्चित गरी राख्ने सहमती अनुसार छविलाल कँडेको जिम्मा लगाईएको छ ।

कार्यक्रममा बोल्दै काठेखोला गाउपालिका ५ का अध्यक्ष शिव कँडेलले दशैँ लगत्तै विस्थापित परिवारहरुका लागि जगा खोजीगर्ने प्रतिव्रद्धता जनाएका थिए ।

सो अवसरमा नेपाली काँग्रेसकी नेतृ ज्ञानकुमारी श्रीस शर्मा, वडा सदस्यहरु शिवलाल कँडेल, भूमिश्वर कँडेल र खगिसरा न्यापानेले गाउपालिकाले वडाका लागि छुट्टाएको ३० लाख बजेटले पीडित परिवारहरुका लागि जग्गा खरीद गर्न पनि नमिल्ने दुखेसो पोखेका थिए ।

गत असोज १९ गते पहिरो पीडित परिवारहरुको बिचल्लीको बारेमा ईबागलुङले समाचार सम्प्रेषण गरे पश्चात विभिन्न सन्चारमाध्यम एवं सरोकारावालाहरुको यसतर्फ ध्यानाकृष्ट हुन पुगेको बताईएको छ । पीडित परिवार मध्यकी सुनिता परियारको परिवारले आश्रय लिएको घरका धनी विदेशबाट यहि दशैँमा घरमा फर्किने भएपछी दशैँ जस्तो चाडबाडका बेला बालबच्चाहरु लिएर कसकहाँ शरण पर्न जाउँ भन्ने मार्मिक पीडाप्रति उपस्थित सबैको दया जागेर आएको थियो ।

गल्कोट नगरपालिका- ३ हटियामा भोलि आयोजना हुने महिला भलिबल प्रतियोगिताको पत्रकार सम्मेलनमा जाँदै गरेको पत्रकार टोली पनि सो अवसरमा बिहुँमा पुगेको थियो । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसले पीडितहरुको दयनीय अवस्थालाई सरोकारवाला समक्ष पुराउने प्रतिवद्धता जनाउदै आफुहरुका तर्फबाट गर्न सकिने सहयोग गर्ने बताएका थिए ।
,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *