बागलुङमा २ महिना १८ दिनमा कति जनाले आत्महत्या गरे, अनुमान गरौँ त !

बागलुङ २०७५ असोज २२ । बागलुङ जिल्लामा गत २०७५ साल साउन १ गते देखी असोज महिनाको १८ गते सम्ममा कति जनाले आत्महत्या गरे अनुमान गरौँ त । ३ जना ?, ६ जना ?, ९ जना ? या १२ जना ? पछिल्लो अंक (संख्या)लाई विश्वास गर्ने हो भने यो गलत हुन्छ । प्राप्त आँकडा अनुसार २ महिना १८ दिनमा बागलुङ जिल्लामा आत्महत्या गर्नेहरुको संख्या १५ जना पुगेको छ ।

यसरी आत्महत्या गर्नेमा १३ वर्ष बालिका देखी ७५ वर्षका बृद्ध सम्म रहेका छन् भने आत्महत्या गर्नेहरुमा पुरुष र महिलाहरुको संख्या लगभग बराबरी देखिएको छ ।

श्रोतका अनुसार २०७५ साल साउन २ गते बागलुङ नगरपालिका १ रामरेखामा डेरा गरी बस्ने म्याग्दी रहुगंगा गाउपालिकाका राजु बिकले झुण्डिएर आत्महत्या गरेका थिए । तत्पश्चात साउन ६ गते झापा घर भै बागलुङमा बस्दै आएका चित्रबहादुर राई, साउन ८ गते बानपा ३ न्वारका नरबहादुर कार्की, साउन ९ गते बानपा वडां ६ सहुरपानीकी तारा रिजाल, साउन १० गते दोलखा घर बताउने राजकुमार कार्की, साउन २० गते ढोरपाटन नगरपालिका ४ खुंगाकी ११ वर्षकी गोमा घर्तीमगर, साउन २२ गते बानपा ७ की वर्ष १६ की सुशिला कार्कीले आत्महत्या गरेका छन् ।

२०७५ भदौ ७ गते काठेखोला गाउपालिका ५ राहलेकी वर्ष १३ की सुष्मिता दर्जी, भदौ २४ गते गल्कोट नगरपालिका ८ की जुनू गलामीले आत्महत्या गरेका छन् भने २०७५ असोज ३ गते गल्कोट नगरपालिका ३ की निरु साहनी, असोज ५ गल्कोट नगरपालिका २ रेमबहादुर श्रीस, असोज ९ गते तमानखोला गाउपालिका १ का १३ वर्षिय तेजेन्द्र रोका, असोज १० गते बानपा १३ का प्रेमप्रसाद शर्मा, असोज १३ गते पर्वत फलेवास नगरपालिकाकी सनिसा राना, असोज १८ गते जैमिनी नगरपालिका ७ का भूमिश्वर शर्माले आत्महत्या गरेका छन् ।

यसैवीच ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रसाद यादवले दिएको जानकारी अनुसार खोलामा बगेर एक जना झुण्डिएर आत्महत्या गर्ने दुईजना, पहिरोमा परी निसीखोला गाउपालिकामा सासू बुहारी २ जना र तुरतुरेको पहिरोमा एकजना महिलाको मृत्यु भएको छ । निसीखोला गाउपालिकामा दुई र बुर्तिवाङ बजारमा एक गरी तीन जबरजस्ती करणी उद्योगका घटना घटेको जानकारीमा आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *