आज देखी बागलुङ बजार अनुगमन सुरु, कैफियत फेला परेपछी कार्बाही अघि बढाईएको जानकारी !

बागलुङ २०७५ असोज २१ । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत केशव लामिछानेको नेतृत्वमा आज देखी बजार अनुगमन सुरु गरिएको छ ।

नजिकिदै गएको दशैँ, तिहार र छट जस्ता चाडपर्वलाई मध्यनजर गरी सो समयमा कालो बजारी, कृतिम अभाव, अत्याधिक मुल्य बृद्धि,बाट उपभोक्ताहरु ठगिन सक्ने स्म्भावनालाई बिचार गरी बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, बागलुङ उद्योग वाणिज्य संघ, उपभोक्ता मन्च, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, स्वास्थ्य कार्यालय, कर कार्यालय, पत्रकार संलग्न अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

टोलीले बागलुङ बजार होटेल, मासु पसल, फलफुल, दुग्ध डेरी, मेडिकल, भेटनरी आयुर्वेद, खाद्य, किनारा पसलहरु आदि अनुगमन गरेको टोलीले बतायो ।

अनुगमनका क्रममा अधिकांश पसलहरुमा मुल्य सूची नराखिएको, कतै राखिएको भएपनि अध्यावधिक नगरिएको, कुनै बस्तुहरुमा लेबल नटाँसिएको कैफियत पाईएकाले कानून बमोजिभ कार्बाहीका लागी अघी बढाईएको टोलीले ईबागलुङलाई बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *