ईलाका प्रशासन कार्यालयका प्रमुख थापाको भावपूर्ण बिदाई, सबैलाई खुशी रहन थापाको आग्रह !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ असोज २१ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरुवा भएका ईलाका प्रशासन कार्यालय बुर्तिवाङका प्रमुख जनक थापालाई आज एक कार्यक्रमका बिच भावपूर्ण बिदाइ गरिएको छ ।

कर्मचारी मिलन केन्द्र बुर्तिबाङले आयोजना गरेको विदाई कार्यक्रममा बक्ताहरुले थापाले बुर्तिवाङमा रहँदा गरेको सेवाको दिल खोलेर प्रशंसा गरे । वक्ताहरुले थापालाई एक ईमान्दार प्रशासक एवं सेवाग्राहीको सहयोगी मित्र रहेको चर्चा गर्दै उनले यस क्षेत्रका विकास र सामाजिक सेवाको पु-याएको योगदानको सदैव प्रशंसा भैरहने बताएका थिए ।

पत्युत्तरमा शाखा अधिकृत थापाले बुर्तिवाङमा रहन्जेल सबैको साथ र सहयोग रहेको भन्दै आफु सरुवा भएर जान लागेको ठाउँमापनि उत्कृष्ट सेवागर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आफ्नो स्थायी घर बडीगाड गाउपालिका खर्वाङ भएकोले भेटघाट हुन समस्या नरहेको बताउदै बिदाइको बेला सबैलाई खुसी हुन आग्रह गरेका थिए ।

बिदाई कार्यक्रम केन्द्रका अध्यक्ष मालपोत कार्यलय बुर्तिबाङका प्रमुख नारायण घर्तीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल बैक बुर्तिबाङ शाखाका प्रमुख तथा केन्द्रका सचिब सुरज घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा लक्ष्मी बैंक बुर्तिबाङका प्रमुख गणेश कार्की, शाइन रेसुङ्गा बुर्तिबाङका प्रेम पौडेल, प्रभु बैंक शाखा प्रमुख खेम केसी, एन एम बि का शाखा प्रमुख प्रकाश अर्याल, प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिबाङका डाक्टर डा लक्ष्मी अर्याल, सिनियर अहेब अधिकृत ऋतुबर्ण पौडेल, स्टाफ नर्स पार्बती अर्याल, ग्लोबल आइ एम इ बैक का शाखा प्रमुख सोकेन्द्र थापा, त्रिबेणी बचत तथा ऋण सहकारी सस्थाका अर्जुन पोख्रेल,गरिमा बिकास बैक का शाखा प्रमुख अमृत श्रेष्ठ ,लेखापढी तथा कानुन ब्यवसायी बुर्तिबाङका अध्यक्ष हर्क बअनदुर कायत, ,स्थानिय ब्यवसायी दर्शन कुवर, पत्रकार दिनेश शर्मा लगाएतको उपस्थिती रहेको थियो।

शाखा अधिकृत थापालाई आजै इलाका प्रहरी कार्यलयमा प्रहरी उपरीक्षक दिपक रेग्मी, बुर्तिबाङ ब्याड्मिन्टन क्लब , ढोरपाटन नगरपालिका, इलाका प्रशासन कार्यलय बुर्तिबाङ लगाएतका संघ सस्थाले अबिर तथा फुलमाला लगाएर बिदाइ गरेका थिए।

शाखा अधिकृत थापा बिगत २०७२ श्रावण १४ गते बुर्तिबाङ आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *