म्याग्दी राम्चेका टेकबीर गर्बुजा भरुवा बन्दुक सहित पक्राउ

म्याग्दी, २०७५ असाेज २१ । अन्नपूर्ण गाउँपालिका-८ राम्चे बस्ने २० वर्षीय काली भन्ने टेकबीर गर्बुजालाई एकनाले भरुवा बन्दुक सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय घोडेपानीको प्रहरीले गर्बुजाको गोठमा तलासी गर्दा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेपछि उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *