निर्मला पन्तको यथाशीघ्र न्यायको माग गर्दै पर्वतमा साहित्यकारहरु सडकमा !

दिपेश विश्वकर्मा, पर्वत २०७५ असोज । कञ्चनपुरमा वलत्कार पछाडि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तको हत्याभएको करिव २ महिना वितिसक्दा पनि हत्यारा पत्ता नलागेको विरोधमा पर्वतमा साहित्यकारहरु सडकमा उत्रिएका छन् ।

शनिवार पर्वतको कुस्मावजारको लोकतान्त्रिक चोकमा साहित्यकारहरु नारि हिँसा विरुद्धको व्यानर सहित छिटोभन्दा छिटो कार्वाहीको माग गर्दै आफ्ना आक्रोशित सिर्जनाहरु प्रस्तुत गरेका हुन् ।

नमुना साहित्य मञ्च नेपालले आयोजना गरेको दवावपुर्ण नारी हिंसा विरुद्धको सडक रचनावाचन कार्यक्रममा पर्वत,बागलुङ, म्याग्दी, कास्की, लगायतका सर्जकहरुले आफ्ना रचना वाचन मार्फत निर्मलाको न्यायको माग गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी प्रगतिशील वाङमय प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा याण्डम रिडर्स सोसाइटी पर्वतका सचिव युवा साहित्यकार शंकर गिरीले पन्त हत्याराको यथासिघ्र छानविन गरि कानुनको कठघरामा उभ्याउनु पर्ने भन्दै हत्याकाण्डको प्रमाण नष्ट गर्नेमाथि कार्वाही गर्नुपर्ने वताए। गिरीले देशमा दुई तिहाई वहुमतको कम्युनिष्ट सरकार हुँदा पनि हत्यारा पत्ता नलाग्नु दुखद खबर रहेको वताए ।

सो कार्यक्रममा नमुना साहित्य मञ्चका संस्थापक सल्लाहकार निर्मल पौडेल एनपि घायल, मित्रलाल अज्नवी, संस्थाका सचिव प्रकाश तिवारी, कोषाध्यक्ष विनिता हमाल ठकुरी, सर्जकहरु भुमि सुवेदी, दिपसागर पौडेल ,ठाकुर रसाईली, वचन अधिकारी अन्जान, राधा नेपाली लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वुद्धिजीवी पत्रकार मानव अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । नमुना साहित्य मञ्चका अध्यक्ष विश्व समर्पित विमसको अध्यक्षता -याण्डम रिर्डस सोसाइटि पर्वतका सचिव शंकर गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन मानव अधिकारकर्मी शिव परियार यामले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *