बागलुङमा १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : छोरासरी छोरी, छोरीसरी बुहारी !

बागलुङ २०७३ फागुन २५ । आज १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवस बागलुङ जिल्लामा पनि विविध कार्यक्रहरु गरी मनाईदै छ । नारी दिवसका अवसरमा बागलुङ सदरमुकाम लगायत विभिन्न भागहरुमा नारी दिवसका कार्यक्रमहरु भैरहेका छन् ।

तस्वीर- सम्झना तामाङ, इबागलुङ ।

बागलुङ बजारमा महिला संघ संगठनहरुको आयोजना र बागलुङ नगरपालिकाको समन्वयमा १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मुल समारोह भैरहेको छ । विहान विभिन्न संघ संगठनहरुसंग आवद्ध महिलाहरुको जुलुसले विभिन्न नारा सहित नगर परिक्रमा गरेको थियो । “महिला सम्मानको आधार सिपयुक्त हात र स्वरोजगार, बदलिँदो परिवेशमा कामकाजी महिला सन २०३० सम्म बराबरी पाईला” लेखिएको ब्यानर लिएर नगर परिक्रमा गरिरहँदा जुलुसमा सहभागी महिलाहरुले ‘छोरासरी छोरी, छोरीसरी बुहारी’ लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड हातमा लिएका थिए ।

बागलुङ सदरमुकाममा भएको कार्यक्रमा प्रमुख अतिथी सांसद  चम्पादेवी खड्काले अब हुने स्थानीय निकायको निर्वाचनमा महिलाहरुको समान सहभागिता गराउनका लागि आजैबाट एकजुट भएर अगाडी बढ्न आग्रह गरेकी थिईन । उनले संविधानमा महिलाका हक अधिकार समावेश गरिएकाले संविधानमा मर्मलाई बुझेर जानुपर्ने पनि बताईन् । सांसद खड्काले पृथ्वीको सर्वच्चो शक्ति एउटा नारी रहेको बताउदैँ महिलाहरु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक क्षेत्रमा क्रियाशिल हुनुपर्ने बताईन् ।

कार्यक्रममास्थानीय विकास अधिकारी रामप्रसाद आचार्य लगायत विभिन्न राजनीतिक दलहरुका प्रतिनिधी, महिला नेतृ, पत्रकार समाजसेवी बुद्धिजीवीहरुले बोलेका थिए ।

कार्यक्रम नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कुशुम बुढाको स्वागत, अखिल नेपाल प्रगतिशिल महिला संघ जिल्ला अध्यक्ष मञ्जु क्षेत्रीको धन्यवाद र अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष सावित्रा रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

उता बुर्तिवाङमा पनि नारी शक्तिको आयोजनामा १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै छ । बुर्तिवाङमा आयोजित नारी दिवस समारोहको प्रमुख जिल्ला अधिकारी भगिरथा पाण्डे उद्घाटन गरेका छन् । समारोहमा भागलिन प्रजिअ पाण्डे, एसपी साब र जिशिअ साब सहितको टोली हिँजै बुर्तिवाङ पुगेको थियो ।

बुर्तिवाङमा अन्तर्राष्ट्रिय नारी दिवस : तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

बुर्तिवाङ बजारमा अहिले विभिन्न कार्यक्रमसहित नारी दिवस मनाईरहेका सहकर्मीहरुले जानकारी दिएका छन् । बुर्तिवाङ आसपासका गाविसहरुमा समेत नारी दिवसका कार्यक्रमहरु भैरहेको समाचार प्राप्त भएको छ ।

उता गल्कोटको हटियामा सिवाईसीको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रम जारी रहेको सहकर्मी गुमानसिँह भण्डारीले जानकारी दिएका छन् । हटियाको शिवालय परिसरमा जारी समारोहमा विभिन्न बक्ताहरुले मन्तव्य दिने क्रम जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *