मातृभूमि सहकारी संस्था लिमिटेडको दशौँ साधारण सभा शनिवार सम्पन्न !

बागलुङ, २०७५ असोज २१ । बागलुङ नगरपालिका २ स्थित मातृभूमि सहकारी संस्था लिमिटेडको दशौँ साधारण सभा शनिवार सम्पन्न भएको छ । बागलुङ उद्योग वाणिज्य संघको भवनमा आयोजित दशौँ साधारण सभाको मुख्य अतिथी धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख एवं संस्थाका शेयर सदस्य रामप्रसाद उपाध्यायले गरेका थिए ।

संस्थाका अध्यक्ष गुणराज पौडेलको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला बहुउद्देशीय सहकारी संघका अध्यक्ष दुर्गा कुवर लगायतले मन्तव्य राखेका थिए ।

कर्यक्रममा स्वागत भाषण संस्थाका उपाध्यक्ष रामचन्द्र शर्माले र कार्यक्रमको सन्चालन संस्थाका सचिव रामप्रसाद शर्माले गरेका थिए । साधारण सभामा संस्थाको वार्षिक कारोबार रु २८ करोड भएको जानकारी दिईएको थियो ।

कार्यक्रममा बिद्यावारिधी (PhD)गर्ने शेयर सदस्य एवं धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मानित गरिएको थियो । सोहि कार्यक्रममा संस्थाका पूर्व उपाध्यक्ष एवं हाल जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द पन्तलाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

यसैगरी संस्थाकी सहायक प्रवन्धक गीता शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । त्यस्तै उत्कृष्ट जेष्ठ शेयर सदस्य, बचतकर्ता, ऋण भुक्तानीकर्ता, बालबचतकर्ता ,एसईई परीक्षामा राम्रो उत्तीर्णांक ल्याएर पास गने विद्यार्थी लगाद्दयतलाई पुरस्कार सहित सम्मानित गरिएका थियो ।

साधारण सभाले संस्थाले आगामी वर्ष विविध बह’उद्देशीय कार्यक्रमहरु सन्चालन गर्ने जानकारी दिईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *