तमानखोला गाँउपालिकाका ६ वटै वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना !

योगेन्द्र विश्वकर्मा, तमानखोला २०७५ असोज २१ । तमानखोला गाउँपालिको वडा नम्बर ४ को लाम्मेलामा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष जोकलाल बुढाले कम्तिमा पनि आधा घण्टाको दुरीमा नागरिकले स्वास्थ्य सुविधा पाउनुपर्ने नीति अनुरुप स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको बताए ।

मौलिक हक अन्तर्गत आधारभुत स्वास्थ्य सुविधा सबै नागरिकले पाउनुपर्ने भएकोले वडा नम्बर ४ बासीलाई लक्षित गरि स्वास्थ्य इकाइ स्थापना गरिएको उनको भनाई थियो ।

तमानखोला एउटा दुर्गम गाँउपालिका भएपनि आधारभुत स्वास्थ्य सुविधाबाट कोहिपनि वञ्चित नहोउन भनेर स्वास्थ्य इकाइ स्थापना गरिएको अध्यक्ष बुढाले ईबागलुङलााई बताए । तत्काललाई भाडाको घरमा स्वास्थ्य इकाइ स्थापना गरिएको र अर्को आर्थिक वर्षबाट आफ्नै भवन निर्माण गरि सेवा दिने योजना रहेको पनि अध्यक्ष बुढाले जानकारी दिए ।

हाल स्वास्थ्य इकाइमा १ जना अनमि र १ जना अहेव रहेका छन् । यो सँगै तमानखोला गाँउपालिकामा आधारभुत स्वास्थ्य सुविधा सहज रुपमा उपलब्ध गराउने उद्देश्य अनुरुप गाँउपालिकाका ६ ओटै वडामा स्वास्थ्य इकाइ स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम वडा नम्बर ३ का वडाध्यक्ष गिर बहादुर घर्ती वडा नम्बर १ का अध्यक्ष थम बहादुर रोका महिला स्वास्थ्य स्वयमसेविका ओमकुमारी बुढाथोकी युवा समाजसेवी देवेन्द्र छन्त्याल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै आजै गाँउपालिका अध्यक्ष जोकलाल बुढा संरक्षक रहने गरी वडा नम्बर ४ का वडाध्यक्ष उदिम छन्त्यालको अध्यक्षतामा ७ सदस्यिय सामुदायिक स्वास्थ्य इकाइ व्यवस्थापन समिति र खोप समन्वय समिति गठन गरिएको छ ।

कार्यक्रम वडा नम्बर ४ का वडाध्यक्ष उदिम छन्त्यालको अध्यक्षता गाँउपालिका अध्यक्ष जोकलाल बुढाको प्रमूख आतिथ्यता तमानखोला गाँउपालिका स्वास्थ्य संयोजक गरिमा हर्मेलको स्वागत मन्तव्य र तमान स्वास्थ्य चौकीका प्रमुख चन्दन शाहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *