प्रदेश मन्त्री लम्सालव्दारा अशक्त र अपांगता भएकाहरुलाई ह्विलचियर वितरण !

माधव पराजुली, पोखरा २०७५ असोज २१ । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । लायन्स क्लवहरुको संयुक्त भेला तथा पदस्थापना समारोहको अवसरमा क्लबले अपाङ्गता भएका व्यक्ति तथा असक्त व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेको हो ।

लायन्स क्लव अफ पोखरा फिस्टेल सिटी, ल लायन्स क्लव अफ लायन्स क्लव अफ संगम, लायन्स क्लव अफ सेण्टर सिटी, लायन्स क्लव अफ पिस सोसाईटीको संयुक्त पदस्थापना समारोहको अवसरमा असक्त व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेको हो ।

सामाजिक सेवामा क्रियाशील क्लबले पोखरामाहा नगरपालिकाको विभिन्न स्थानमा बसोबास गर्ने ३० जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको हो । बाँकी ७० भन्दा बढी ह्विलचियर पछी प्रदान गरिने लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष खेम जि.सी.ले जानकारी दिए ।

अशक्त असहायहरुलाई ह्विलचियर प्रदान गर्दै गण्डकी प्रदेशका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले लायन्स क्लव असाहयको साहरा बनेको बताए । विपदको बेला लायन्स क्लवहरुले जनताको उद्धार र राहातमा अवोरत्र खटेको स्मरण गर्दै सामाजिक कार्यमा क्लवले देखाएको तदारुक्ताको खुलेर प्रशंसा गरे ।

क्लवले शहरमा मात्र नभई दुरदराजमा दर्दनाक अवस्थाका नागरिकहरुलाई ठुलो गुण लगाएको बताउदै मन्त्री लम्सालले चुनौतीको पहाड फोरेर नागरिकको सेवामा लाग्ने संस्थालेनै समाजको विकास गर्न सक्ने बताए । मन्त्री लम्सालले समाजका मानिस बिच सेवा प्रवाह नगरी मुलुक समृद्धशाली बन्न नसक्ने बताउदै समाज प्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए । सरकारले विकास र्निाणको लागी सामाजिक क्लवहरु सँग सहकार्य गर्ने बताउदै समाजलाई शुसासित र मर्यादित बनाउने र राष्ट्रलाई उन्नती र प्रगतिको पथमा हिड्याउनुनै आजको आवश्यक्त भएको बताए ।

हामी सेवा गर्छौ भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै क्लव अगाडी बढेको र उक्त क्लव नितान्त सामाजिक कार्यमा संलग्न हुदै आएको र आगामी दिनमा समाजमा अझै गतिशिल र उपलब्धिमुलक क्रियाकलाप सञ्चालन गर्ने लायन्स क्लवहरुले प्रतिबद्धता जनाएका छन् ।

सोही अवसरमा नेपाल लायन्स फिस्टेल सिटीले उत्कृष्ट बिधार्थी जनकल्याण मा.वी. स्याङजाकी दिक्षा भण्डारी लाई छात्रवृत्तिसमेत प्रदान गरेको थियो । सोही अवसरमा रुपा गाँउपालिकालाई तिन थान स्टेचर समेत प्रदान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *