समाजमा मौलाउदै गईरहेको गलत संस्कृती अन्त्यका लागि सहकारी आवश्यक–पौडेल

सुमन जीसी, बागलुङ, २०७५ असोज २१ । काठेखोला गाउँपालीका वडा नं. १ स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो तेश्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ ।

संस्थाको साधारण सभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले पछिल्लो सममा समाजमा विभिन्न किसिमका गलत संस्कृतीहरु मौलाउदै गईरहेको तथा नेपाली समाजमा रहेको मानवीयता हराउँदै गईरहेकाले यस्ता किसिमका गलत संस्कृती तथा मानवीयताको जगेर्ना गर्नका लागि सहकारीले भूमिका खेल्नुपर्ने बताए । उनले वित्तीय पहुँचवाट टाढा रहेका ग्रामीण क्षेत्रका जनताहलाई स्थानीय स्तरमै सहकारी संस्थाहरुले पु¥याएको सेवा साच्चीकै प्रशसंनीय रहेको बताउदै यसलाई बद्लीदो परिवेश अनुसार थप व्यवस्थीत र सदस्यमुखी बनाउनुपर्ने आवश्यक रहेको धारण राखेका थिए ।

कार्यक्रममा पाला दुग्ध सहकारी संस्थाका अध्यक्ष गोविन्दवहादुर खड्का, रेडक्रस पाला उपशाखाका सभापती फडिन्द्र प्रसाद शर्मा, नेपाली कांग्रेस काठेखोला गा.पा. १ का सचिव गणेश नेपाली, काठेखोला गा.पा. १ का पूर्व अध्यक्ष जोखीराम थापा, शेयर सदस्यहरु टिकाराम शर्मा, कुमारी थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा संस्थामा कारोवार गर्ने उत्कृष्ट बचतकर्ता, असल, ऋणी, असल कारोवारी सदस्य लगाएतका विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

आजकै दिन साधारण सभाले लिलाधर गौतमको अध्यक्षतामा नयाँ नेतृत्व पनी चयन गरेको छ । समितको उपाध्यक्षमा गोरे विक, सचिव लक्षमण थापा, सहसचिव मानवहादुर थापा, कोषाध्यक्ष कुमारी थापा र सदस्यहरु दानवहादुर खड्का, नरवहादुर नेपाली, भद्र कुमारी खत्री र चीत्र कुमारी थापा निविरोध निर्वाचीत भएका छन् भने लेखा समितिको संयोजकमा छत्रवहादुर खड्का र सदस्यहरु झपेन्द्रवहादुर थापा र मन्जु खत्री निर्वाचीत भएका छन् । साधारण सभाले ऋण उपसमिति, शिक्षा उपसमिति र महिला विकास उपसमितिको समेत गठन गरेको छ ।

साधारण सभामा संस्थाको प्रगती प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम सचिव लीलाधर गौतम, आर्थिक प्रतिवेद र प्रस्तावित आय व्यय विवरण कोषाध्यक्ष मानवहादुर थापा र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक लक्षमण थापाले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन वन्दसत्रमा व्यापक छलफल भई सर्वसम्मतीवाट पारीत भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष खड्क थापाको अध्यक्षता, उपाध्यक्ष गोरे वि.क को स्वागत र सचिव लिलाधर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *