चाडपर्व नजिकिए सँगै बागलुङ नगरपालिकाद्वारा ग्रामिण सडकहरुको मर्मत कार्य सुरु !

बागलुङ २०७५ असोज २१ । नेपालीहरुको दशैँ तिहार जस्ता महान चाडपर्वहरुलाई मध्यनजर गरी बागलुङ नगरपालिकाले नगरपालिका भित्रका ग्रामिण सडकहरु मर्मत कार्य सुरु गरेको छ । वर्षातको समयमा बिग्रिएका सडकहरु मर्मतका लागि चार वटा स्काभेटर प्रयोगमा ल्याई काम सुरु गरिएको छ । चाडपर्वलाई लक्षित गरी गाउदेखि शहरसम्म सिधा सवारी सुचारु गराउने उद्देश्यले नगरपालिका क्षेत्र भित्रका सडक मर्मतको कार्यलाई तिब्रता दिईएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकारको लगानीमा खनिएका प्राय सबै सडकहरु बर्षामा अवरुद्ध हुने गरेकाले सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याएर दशैंमा घर आउने स्थानीयबासीलाइ सहजता प्रदान गर्न खोजेको नगरप्रमुख जनकराज पौडेलले बताए। चाडपर्वको समयमा यात्रुहरु संगै अत्यावश्यकीय सामाग्री ढुवानीमा सहजता ल्याउनका लागि बिग्रेका सडक मर्मत गरी नियमित सञ्चालनमा ल्याउने प्रयास भैरहेको उनको भनाई छ ।

सडक मर्मतका लागि नगरपालिकाले न्युनतम प्रतिघण्टा २ हजार ३ सय ५० रुपैँयामा बोल कबोल गर्ने पर्वतमाला कन्ट्रक्सन र डिएस कन्ट्रक्सनले २/२ वटा स्काभेटर परिचालन गरेको जनाएको छ ।

उक्त काम प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि स्थानीय वडाका जनप्रतिनिधीको प्रत्यक्ष निगरानी तथा बागलुङ नगरपालिकाका तर्फबाट आवश्यक प्राविधिकहरु खटाइएको छ । जनप्रतिनिधिहरुले चुनावमा मात्र नागरिकलाइ सहज सेवा दिने प्रतिबद्धता दिने गरेको गुनासो आम नागरिकबाट आउन थालेपछि जनप्रतिनिधिहरु अहिले सडक मर्मतमा केन्द्रीत भएका छन् ।

अघिल्ला बर्षहरुमा दशैको मौकाछोपी गाउँगाउँमा सवारी सञ्चालन गर्ने र यातायात व्यवसायीहरुले मनोमानी गर्ने प्रचलनलाइ निरुत्साहित गर्ने उनिहरुकोे भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *