ब्लड क्यान्सर पीडित जमुना वि कलाई रु ३०८०० । सहयोग रकम हस्तान्तरण !

भरत सापकाेटा, बिहुँ, २०७५ असाेज २० । गल्काेट नगरपालिका १० पाण्डवखानीकी ब्लड क्यान्सर पीडित जमुना विकलाई रु ३०८०० । सहयोग रकम हस्तान्तरण गरिएको छ।

गल्काेट नगरपालिका २ का प्रेम बहादुर सुनारले मलेसिया जमुना विक बचाउं अभियान सन्चालन गरि संकल गरिएको उक्त रकम आज पीडित कै माईती घरमा आएर हस्तान्तरण गरेका हुन । आंफ्नै पीडाले र आफ्नै अभावले प्रदेशियका नेपाली दाजुभाईले आफ्नो रगतलाई पसिनामा बगाएर कमाएको केहि पैसा बचाएर पीडितहरुको घाउमा मलहम लगाउने प्रयास गरेका छौ उनले भने त्यति ठुलो कमाई नहुने मलेसियामा हामी सानो भएपनि लिएर आएका छौ त्यो स्वयं पीडित कै हातमा दिन्छौ भनेर गलकोट बाट बिहुँ आएको उनले बताए। उनले उक्त जमुना बचाउ अभियानमा पीडित जमुनालाई हस्तान्तरण गरेका छन्।

११ बर्षिय छोरी र १४बर्ष को छोरा रहेका उनका पति अपाङ्गै जस्तै छन । केहि बर्ष पहिले मलेसिया पुगेका उनको टाउँको दुख्न् थाल्यो तर उनका एक हरको नै चल्न छाड्यो बल्लतल्ल घर सम्म त आईपुगे तर केहि काम गर्ने आशा नभएछि कसरी आफ्नो अनि बिरामी श्रीमतीको उपचार कसरी गर्ने भन्ने पिरले सताईरहेको छ । साथमा भएका दुई सन्तानको पढाई र लालनपालन कसरी गर्ने भन्ने अर्को पिडा थपिएको गुनासो गर्दै सबैलाई सहयोग गर्न अपिल समेत गरे ।

पीडित जमुनाको बुबा बृहस्पति विक ले समेत जमुना बचाउ अभियान सन्चालन गरेर रु एक लाख नौ हजार आठसय दुईरुपैयाँ संकल गरेको बताउदै उपचार हालसम्म रु २० लाख रुपैया लागेर त्यो सबै मानवीय दायित्व बोध भएका ब्यक्तिहरु र संघसंस्थाबाट सहयोग पाएको भन्दै सबैलाई धन्यबाद ब्यक्त गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *