रिघामा श्रद्धाञ्जली सभा सम्पन्न

कमल पौडेल, गल्कोट रिघा २०७५ असोज २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगरपालिका वडा नं. ११ रिघाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पार्टी सदस्य होम वहादुर दर्लामी, ध्रुव दर्लामी र नर वहादुर दर्लामीका वुवा तिल वहादुर दर्लामीको एघारौं पुण्यतिथिको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेकपाका नेता तथा वडा अध्यक्ष डम्वर श्रीस, नेकपाका सदस्यहरु श्यामलाल विक, चन्द्र वहादुर नेपाली लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सदस्य दुर्गा श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *