पल्टारमा शुरु भएको कृषि उपज संकलन केन्द्रको उद्घाटन, कृषक उत्साहित !

कमल पौडेल, गुल्मी वामी २०७५ असोज २० । लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका वडा नं. ७ ले पल्टारमा संचालनमा ल्याएको कृषि उपज संकलन केन्द्रको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ।

सो केन्द्रको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका उपमेयर कमला शर्माले नगरको प्रमुख आय श्रोत कृषि नै भएको र व्यावसायिक कृषि मार्फत रोजगारी सिर्जना गर्दै आयात मा निर्भर खाद्य प्रणलीलाई निर्यात मुखि वनाउनु पर्ने वताएकी छन् ।

शर्माले कृषकले उत्पादन गरेको उपजको वजार ग्यारेन्टी नगरपालिकाले गर्ने भन्दै ढुक्क भएर कृषीमा लगानी गर्न र उत्पादन वृद्धि गर्न सवै कृषकहरुलाई आग्रह समेत गरिन् । कुनै पनि कृषकले उत्पादन गरेको उपजले वजार नपाए तत्काल खवर गर्न अनुरोध गर्दै उपमेयर शर्माले नगरपालिकाले कृषक प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिरहेको र हरेक कृषकलाई अनुदानको व्यावस्था गरेको जानकारी दिईन् ।

र्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्य सत्या जिसि, कृषि अधिकृत प्रतिक्षा रेग्मी, वडा सदस्य विष्णु राना, समाजसेविहरु गोपिकृष्ण खरेल, कृष्ण प्रसाद सापकोटा, महेश्वर घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सहकारीका पूर्व उपाध्यक्ष सुमित्रा छन्त्यालको अध्यक्षता, कोषाध्यक्ष कमला खरेलको स्वागत मन्तव्य तथा अध्यक्ष यमुना घिमिरेको संचालनमा सम्पन्न भएको थियो।

वामीमा कृषि उपज संकलन केन्द्रको संचालन संगै कृषकहरु उत्साहित भएको र आफु पनि वैदेशिक रोजगारी छोडी पशुपालन तर्फ लागेको मुसिकोट नगरपालिका वडा नं. २ का हरी वहादुर खत्रीले ईबागलुङलाई बताए । उता संकलन केन्द्र संचालक काशिनाथ अर्यालले विस्तारै तरकारी संकलन केन्द्रमा वढि रहेको र भविश्यमा राम्रो हुने संकेत देखिएको खुलासा गरेका थिए ।

सहकारीले कृषकहरुलाई प्रोत्साहित गर्दै सामुहिक खेति, कुटानी पिसानी मिल, संकलन केन्द्र लगाएतका कार्यक्रम संचालन गर्दै आएको छ।

झण्डै एक महिना अगाडिवाट सुरु भएको संकलन केन्द्रमा मुसिकोट नगरपालिका वडा नं. १, २, ७, ८, ९ तथा बडिगाड गाउँपालिकाको वडा नं. १, २, र ३ वाट कृषकहरुले कृषि उपजको विक्रि गर्ने गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *