राजमो गल्कोट नगर कमिटिको नगर सम्मेलन सम्पन्न: संघीयता बिरुद्ध सशक्त आन्दोलन जरुरी !

घनश्याम गौतम, गल्कोट २०७५ असोज २० । राष्ट्रिय जनमोर्चा गल्कोट नगर कमिटिको प्रथम नगर सम्मेलन आज हटियामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले संघियताले मुलुक संकटमा परेको बताए । उनले मुलुकलाई सफल बनाउन संघियता असफल हुनपर्ने दाबी गरे ।

नेपालमा पञ्चायत व्यवस्था विरुद्ध, राजतन्त्र विरुद्ध र गणतन्त्र स्थापनाका लागि पटक पटक आन्दोलन भएको बताउदै अब संघियता विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने उनको भनाई थियो ।

ेसम्मेलनको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सांसद टेक बहादुर घर्तिमगर, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तिलक उप्रेती, नेपाली काग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा, नेपाल शिक्षक संघका सघिय सदस्य देबेन्द्र खत्री, अखिल नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधी टिकारम कडेल,अखिल छैठौ बागलुङका कोषाध्यक्ष मनिस कडेल, युएई एकता समाजका पुर्ब अध्यक्ष कृष्ण केसी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनको उद्घाटन सत्र राष्ट्रिय जनमोर्चाका गल्कोट नगर अध्यक्ष टंक बहादुर के सीको अध्यक्षता अखिल नेपाल महिला संघका नगर अध्यक्ष देबी खत्रीको स्वागत मन्तव्य र नगर कोषाध्यक्ष पदम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्र सञ्चालन भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *