आर्थिक समृद्धिको लागी सहकारी सस्थाको भृुमिका महत्बपुर्ण- नगर प्रमुख गैरे

घनश्याम गौतम गल्कोट २०७५ असोज २० । जनचेतना बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २२औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गल्कोट नगरपालिका बडा नम्बर ६ को मजुबामा भएको बार्षिक साधारण सभामा बोल्दै नगर प्रमुख भरत शर्मा गैरेले आर्थीक समृद्धिको लागी सहकारी सस्थाको महत्वपुर्ण भृुमिका रहेको बताए ।

नगरप्रमुख गैरेले सहकारीहरुले बचत तथा ऋणका साथमा सदस्यहरुको भावना र आवश्यकता बुझेर आफ्ना नीति तथा कार्यक्रमहरुको तर्जुमा गर्नुपर्ने बताए । उनले सरकारले तिन खम्बे अर्थनीति अंगिकार गरेको बताउदैं स्थानिय निकायले सहकारी सस्था सगं सहकार्य गरी आर्थिक समृद्धि हासिल गर्ने बताए ।

साधारण सभामा सहकारीका अध्यक्ष तिल बहादुर बस्नेतले अबधारणापत्र , सचिब हेम बहादुर बुढाथोकीले प्रगतिले प्रतिबेदन प्रस्तुत गरेको प्रवन्धक वीर बहादुर खत्रीले जानकारी दिए ।

सभामा कोषाध्यक्ष गुप्त प्रसाद गौतमले ४ सय ६६ जना सेयर सदस्य रहेको सहकारीमा कुल सेयर पुजिँ ८७ लाख ८२ हजार ४ सय रहेको तथा गत आथिक बर्ष २०७४÷०७५ मा ३ करोड ३७ लाख बराबरको कारोबार गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नर बहादुर खत्री, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डे र सल्लाहकार समिति सदस्य पुर्णकली खत्री लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

साधारण सभाको अबसरमा उत्कृष्ट बचत कर्ता गलकोट नगरापालिका ६ की बुद्धि कुमारी थापा, उत्कृष्ट ऋणी गलकोट नगरपालिका ३ हटियाकी शुशिला भण्डारी उत्कृष्ट बालबचतकर्ता, गलकोट नगरपालिका ६ का निश्चल बस्नेत र वयोवृद्ध शेयर सदस्य टेक बहादुर उप्रेती क टेक बहादुर उप्रेती ख हिरा बहादुर बस्नेत हरिकला गौतम जग बहादुर श्रीस चन्द्र बहादुर खत्री ठगदत्त गौतम लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष तिल बहादुर बस्नेतको अध्यक्षता, उपाध्यक्ष कमला गौतमको स्वागत तथा सचिब हेम बहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *