हाम्रो धौलागिरी सहकारीको कारोबार ५० करोड : सहकारीको आन्तरिक जीवन पारदर्शी हुनु आवश्यक !

कोपिला कंडेल, बागलुङ २०७५ असोज २० । हाम्रो धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले आर्थिक बर्ष २०७४।७५ मा ५० करोड ५२ लाख ३७ हजार रुपया कारोबार गरेको छ । संस्थाको आठौ बार्षिक साधारण शभाका अवसरमा संस्थाको कोषाध्यक्ष रेशमलाल साप्कोटाले प्रस्तुत गरेको प्रतिबेदनमा यो आर्थिक बर्षमा संस्थाले लक्ष्य भन्दा बढि कारोबर गर्न सफल भएको उल्लेख छ । गत आर्थिक बर्षमा संस्थाको कुल लक्ष ३५ करोड ५९ लाख ५४ हजार रहेको र अहिले १५ करोड २ लाख ८२ हजार बढि कारोबार भएको कोषाध्यक्ष साप्कोटाले जानकारी दिए ।

त्यसैगरी संस्थाको कुल आम्दानी ७५ लाख २८ हजार ९ सय २७ रुपया रहेको संस्थाले जनाएको छ । २०६६ सालमा ३५ जना सेयर सदस्य बाट जनही १ लाखको दरले शुरु गरेको संस्थाले अहिले उल्लेखनीय प्रगति गर्न सफल भएको संस्थाका सचिव भुपाल चालिसेले बताए । हाल संस्थामा २ सय ५२ जना सेयर सदस्य रहेका छन् ।
गण्डकी प्रदेशका सांसद एबं हाम्रो धौलागिरी सहकारी संस्थाका संस्थापक अध्यक्ष ईन्द्रलाल साप्कोटाले उद्घाटन पछि बोल्दै सहकारीको आन्तरिक जीवन पारदर्शी हुनुपर्ने बताए । केही सहकारीले सेयर सदस्यलाई खुसी पार्ने नाममा बिधि र प्रक्रिया मिचेर बढी लाभांश वितरण गर्ने गरेको चर्चा गर्दै प्रदेश सांसद सापकोटाले सहकारीको मुल्य मान्यतालाई मिचेर जानेहरुको भविष्य संकटमा पर्ने बताए । उनंले आर्थिक सम्मृद्धि र बिकासको लागि सहकारी सघंसंस्थाले कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख एबं सहकारीका सेयर सदस्य बिष्णु भुषाल बागलुङ बहिरा सघंका अध्यक्ष एबं सम्मानित ब्यक्तित्व सन्तोष पौडेल र प्रगति बहुउदेश्यीय सहकारी संस्थाका सचिव योयनाथ गौतमले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बर्षभरीमा संस्थागत रुपमा उत्कृष्ट बचत गर्ने बागलुङ बहिरा सघंका अध्यक्ष सन्तोष पौडेल, संस्थाका ज्येष्ठ सदस्यहरु गंगाराम उपाध्याय कर्ण बहादुर खड्का कृष्णराज शर्मा मोहनलाल शर्मा बालकृष्ण आचार्य बिष्णु कुमार शाक्य डिल्ली प्रसाद शर्मा आचार्य र गोरी नेपालीलाई नगद सहित सम्मान गरिएको थियो ।

त्यसैगरी सर्वोकृष्ट बचतकर्ता सुदर्शन शर्मा उत्कृष्ट बचतकर्ता जीवन आचार्य नारायण ढुङ्गाना मातृका आचार्यलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कक्षा उत्कृष्ट नतिजा ल्याउने आस्था शर्मा र कमलनयन कंडेललाई जनही नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यस्तै अवधी बचत तर्फ कुलानन्द सापकोटा सुनौलो भविष्य बालबचत तर्फ यन्जीला शर्मा रेग्मीलाई पुरस्कृत गरिएको संस्थाका सचिव भुपाल चालिसेले जानकारी दिए । साधारण शभाको बन्दसत्रले सचिव भुपाल चालिसेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन कोषाध्यष रेशम साप्कोटाको आर्थिक र लेखा समितिका संयोजक भरतपुरीले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन पारित गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराज शर्माको अध्यक्षता, शिक्षा समितका संयोजक श्याम प्रसाद शर्माको स्वागत मन्तब्य र सचिव भुपाल चालिसेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply